• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘सावधान ! मंगल ग्रहमा अझ बढी बाँच्न सक्छ ब्याक्टेरिया’

  • वीरगंज संजाल
  • २५ माघ २०८०, बिहीबार १२:२१
  • १८२५

    अन्तरिक्षयात्रीहरू सावधान रहनुपर्ने देखिएको छ। मानिसको शरीरमा आश्रित रहेर भविष्यमा मंगल ग्रह पुग्ने ब्याक्टेरिया उक्त ग्रहको प्रतिकूल वातावरणमा बाँच्ने मात्र होइन, अझ बढी फैलन र फस्टाउनसमेत सक्ने पाइएको छ।
    पानीको अभाव, न्यून वायुमण्डलीय चाप, खतरनाक अल्ट्राभाओलेट विकिरण तथा विषाक्त नुन भएको मंगल ग्रहकै जस्तो वातावरण बनाएर पृथ्वीमा गरिएको एक वैज्ञानिक अध्ययनले मानिसलाई बिरामी पार्ने ब्याक्टेरिया मंगल ग्रहमा बाँच्न सक्ने देखाएको छ।
    मानिसलाई रोग निम्त्याउने चारथरी ब्याक्टेरिया यस प्रकारको वातावरणमा लामो समयसम्म बाँच्नसक्ने र कतिपय अवस्थामा उनीहरूको वृद्धिसमेत भएको सो अध्ययनले देखाएको छ।
    अस्ट्रोवायोलोजी नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित उक्त अध्ययनका अनुसार यो नतिजाले यस्ता ब्याक्टेरियाका कारण भविष्यमा अन्तरिक्ष यात्रीको स्वास्थ्य प्रभावित हुने तथा अर्काे ग्रह पनि दूषित हुने सम्भावना देखाएको छ।

    प्रतिकूल अवस्थामा समेत बाँच्नसक्ने ब्याक्टेरिया पृथ्वीमा अर्बाैं वर्षदेखि रहँदै आएका छन्।यसअघि मंगल ग्रहमा सूक्ष्म जीवाणुहरू बाँच्नसक्ने सम्भावनाको खोजी गर्ने अध्ययन मुख्यगरी प्रतिकूल वातावरणमा बाँच्नसक्ने जीवमा केन्द्रित रहेका थिए।
    सन् २०२० मा गरिएको एक अध्ययनले मानिसका शरीरमा पाइने ब्याक्टेरियाहरू पोषणतŒव कम रहेका उल्का पिण्डमा बाँच्नसक्ने देखाएको थियो। त्यसपछि कतिपय अनुसन्धानकर्ताले मंगलग्रह जस्तो प्रतिकूल अवस्थामा कसरी सूक्ष्म जीवहरू बाँच्न सक्छन् भन्नेमा थप अध्ययन गरेका थिए। अध्ययन टोलीकी सदस्य टोमासो जाकारियाले मंगल ग्रहको सतहको विषाक्त वातावरणमा ब्याक्टेरिया प्रभावित हुने र यसको वृद्धि रोकिने ठानिएकामा नतिजाले त्यसको ठिक उल्टो देखाएको बताइन्।
    अध्ययन गरिएका ४ ब्याक्टेरिया विनाकुनै हानि बाँच्न सफल रहेका थिए भने तनावग्रस्त हुँदा झन् बढी रोगजनक देखिएका थिए। अध्ययनअन्तर्गत मंगल ग्रहको वातावरणसँग मिल्दोजुल्दो रहेको एक वाकसमा यी व्याक्टेरियालाई राखिएको थियो। चार व्याक्टेरिया मध्ये पी. एरुजिनोसा नाम गरेको प्रजाती २१ दिनसम्म लगातार बढेको पाइएको थियो।

    ‘यो विकासक्रम उल्लेखनीय थियो,’ जाकारियाले भनिन्। मंगल सतहमा रहेका स–साना प्वालमा रहेका पानी, पोषणतŒवमा यी ब्याक्टेरियाले आफ्नो भरणपोषण गर्न र डरलाग्दो विकिरणबाट जोगाउन सफल रहेको हुनसक्ने जाकारियाको तर्क छ।
    यसैगरी अनुसन्धानकर्ताले अन्तरीक्ष यात्राको क्रममा मानव प्रतिरक्षा प्रणाली पनि कमजोर हुने भएकाले यस प्रकारका सूक्ष्म जीवप्रति मानव शरीरले कस्तो प्रतिकार्य देखाउनेछ भन्ने विषयमा समेत अध्ययन गरेका थिए।
    अध्ययनकर्ताले भविष्यमा मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीले विभिन्न खाले एन्टिवायोटिक्स औषधी प्रशस्त मात्रामा लग्नुपर्ने सुझाव दिएका छन्। यसैगरी मंगलग्र हका खास क्षेत्रलाई राष्ट्रिय निकुन्ज जस्तो बनाएर अन्तरिक्षयात्री नभई रोबोट मात्र पठाउन सकिने अनुसन्धानकर्ताको तर्क छ।

    मानिसको शरीरले ब्याक्टेरिया निकाल्ने भएकाले यो क्षेत्रलाई सुरक्षित राख्न यसो गर्नुपर्ने उनीहरू बताउँछन्। अध्ययनमा सहभागी नरहेकी अमेरिकाको एटलान्टास्थित मर्सर विश्वविद्यालयकी माइक्रोवायोलोजिस्ट समान्था वाटर्स यस प्रकारको संकट समाधान गर्न वैज्ञानिकले भविष्यमा कुनै उपाय निकाल्ने बताउँछिन्। ‘मानव चातुर्यले कुनै न कुनै उपाय निकाल्ने भएकाले अन्तरिक्षयात्रीले त्यति डराउनुपर्ने देखिँदैन,’ उनी भन्छिन्, ‘हामी हाम्रो सौर्यमण्डलको थप अन्वेषण गर्न चाहन्छौं। त्यही कारण नयाँ इतिहास रच्ने यो विषयमा पनि नयाँ आविष्कार हुने आशा गर्न सकिन्छ,’ उनी थप्छिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑