• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कारबाहीबाट जोगिन प्रहरीले रातारात खाली गराए तस्करका गोदाम

  • वीरगंज संजाल
  • २५ माघ २०८०, बिहीबार १०:२२
  • ११६५

    लहान । इलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खाल पछाडि तस्करको गोदाम रहेको सार्वजनिक भएपछि प्रहरीकै संरक्षणमा उक्त गोदाम खाली गराइएको छ।
    तस्करी गरेर प्रहरी छेउकै गोदाममा थुपारिएको प्याज बुधवार रातीनै ट्रकमा लोड गरेर काठमाडौँ पठाइएको छ। बिहीबार बिहान गोदाम खाली देखिएको छ।
    तर, अर्को गोदाममा भने अहिले पनि तस्करीको प्याज छ। लहान नगरपालिका–६ तरकारी बजारको गोदाममा तस्करीको प्याज भण्डारण रहेको एक व्यापारीले जानकारी दिएका छन्।
    यस गोदाममा मोटरसाइकल, टेम्पो र इ–रिक्सामा पारिबाट प्याज भण्डारण हुने गरेको यहाँका व्यापारिहरू बताउँछन्। यो गोदाम सशस्त्र प्रहरी बेस क्याम्प लहानबाट दुई सय मिटर दक्षिणमा छ।

    तस्करीको प्याज भण्डारण गरिने लहान नगरपालिका–१ स्थित गोदाम सहिद चोकदेखि २० मिटर दक्षिण पूर्वमा रहेको नगरपालिकाको सामूहिक वडा कार्यालय भवन अगाडि छ। जुन इलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खालसँग टाँसिएकै छ।

    लहानमा चौतर्फी सुरक्षा घेराको मध्य भागमा महिनौँदेखि तस्करीका प्याज लगायतका सामान भण्डारण गर्ने गोदाम सञ्चालन भइरहे पनि सुरक्षा अधिकारीहरू भने चुपचाप छन्।
    इलाका प्रहरी कार्यालय लहानका प्रमुख (डिएसपी)भोलाप्रसाद भट्ट  यसबारे ‘मँ बुझेर भन्छु’ भनेर उम्केदेखि फोन उठाएका छैनन्। सशस्त्र प्रहरी बल ७ नम्बर गण सिराहाका गणपति शिव गैरे पनि म बुझिहालेु भन्दै उम्किन्छन्।
    डिएसपी भट्ट र सशस्त्रका एसपी गैरेलाई तस्करका गोदामबारे जानकारी मागेपछि उनीहरू गोदाम खाली गराउनतर्फ जुटेको विश्वस्त स्रोतले नागरिकन्यूजलाई जानकारी दियो। उनीहरूले नागरिकन्यूसँग ‘बुझेर भन्छु’ भन्दै फोन काटेपछि गोदामबाट प्याजका बोराहरू ट्रकमा लोड हुन थालेका दृश्य देखिएको थियो।
    प्याजका बोरा भरेर सेतो, निलो र रातो रङ्गको ट्रक बाहिरिने क्रम तीव्र छ। मंगलबार रातीदेखि नै प्रहरी संरक्षणमा प्याजको गोदाम खाली गराउने क्रम तीव्र पारिएको गोदाम नजिकैको एक पसलका व्यापारीले जानकारी दिए।

    उनले भने, ‘प्रहरी प्रशासन मिलेपछि जे पनि सम्भव छ, सर । माथिबाट दबाब बढे एक दुई दिन रोकिन्छ अनि फेरी अन्धाधुन्ध काम सुरु हुन्छ,’ ती व्यापारीले भने।
    उनले यसो भन्नुको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको ठाउँमा तस्करले तस्करीको प्याजको भण्डारण गर्नु। सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमा नाकाबाट तस्करले नेपालमा भन्सार छलेर सामान भित्राउँछन्। र, प्रहरी कार्यालयकै छेउमा गोदाम राखेर तस्करीका सामान भण्डारण गर्नुले उपल्लो सुरक्षा अधिकारीसम्म मिलेमतो प्रस्ट हुन्छ।
    इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्टलाई तपाईँको कार्यालय छेवैमा तस्करले तपाईको सहमति बेगर गोदाम सञ्चालन गर्ने आट गर्न सक्छ भन्दा उनी उम्कन सकेनन्। उनले भने,‘मोटरसाइकलमा पारिबाट प्याज ल्याएर यहाँ ‘डम्प’ गर्छ भन्ने जानकारी पाएको थिएँ।’ अनि किन रोक्नु भएन प्रश्नमा उनी बोल्न सकेनन्।
    सशस्त्रका एसपी शिव गैरेलाई तपाईँहरूकै ‘सेटिङ’ मा तस्करीको प्याज विना रोकटोक गोदामसम्म पुग्ने गरेकोबारे सोध्दा प्याज भन्सार काटेरै आएको दाबी गरे।
    सिराहा भन्सारमा खाद्य क्वारेन्टिन नभएका कारण कसरी भन्सार राजस्व काटियो भन्ने प्रश्नमा भने उनले केही बोल्न सकेनन्। उनले खुद्रा सामान भनेर प्याजको भन्सार बुझाएको बताए। खुद्रा सामान भनेर बोराका बोरा प्याज ल्याउन नपाइने भन्सार कार्यालयले जनाएको छ।

    लहानमा डिएसपी नविन बुढाथोकीको कमान्डमा सशस्त्र प्रहरीको बेस क्याम्प छ। राष्ट्रिय अनुसन्धान कार्यालय सिराहाबाट असई स्तरका अनुसन्धानकर्मी लहानमै बस्छन्।

    प्रदेश, जिल्ला र संघीय प्रहरी इकाईबाट सादा पोसाकमा (घुमुव)प्रहरीहरू पनि लहान बेस बनाएर खटिएका छन्। स्थानीय एक व्यापारी भन्छन् यी सबैको काम तस्करसँग मिलेमतो गरेर लाइन खाने मात्र रहेछ।
    सीमाबाट तस्करका मोटरसाइकल सहर प्रवेश गर्नअघि मोटरसाइकल चढेर आएको सादा पोसाकका पुलिसले बाटो क्लियर गराउने गरेको तस्करीका प्याज आउने बाटो मिर्जापुर गाउँका स्थानीय बताउँछन्। पारिबाट तस्करी भएर आउने प्याज मात्र नभई अन्य सामानको भण्डारण केन्द्र पनि हो, लहान।

    यहाँबाट पारि तस्करी हुने मदिरा, मटर, मरीच, गाँजा, लाइटर, छोकडा भण्डारण हुने केन्द्र पनि हो यो। यहाँ भण्डारण गरेर पारिको लाइन क्लियर भएपछि तस्करले यी सामान पारि पुर्‍याउँछन्।
    पारिबाट तस्करी भएर आएको सामान लहानमा भण्डारण गरी राजधानी देखि पहाडी जिल्लासम्म पुर्‍याउने गरिएको एक व्यापारीले बताए। लहानबाट पहाडी जिल्ला गाईघाट, कटारी, नेपालटारलगायतका बजारमा पारिबाट तस्करी भएर आएको सामान पुर्‍याउँदै आएको छ। सीमादेखि सहरसम्म (तस्करको गोदाम) मात्र नभई तस्करको सेटिङ सञ्जाल पारिसम्मै रहेको एक व्यापारी बताउँछन्। वारिपारि ‘सेटिङ’ मिलाएर यहाँ तस्करीको राज चलाइएको छ।
    खै त सरकारले दण्डीत गरेको?
    सीमादेखि सहरसम्म सेटिङमा चलेको तस्कर राजबारे मिर्जापुरको सहिद प्रमोद सदाय चोकमा भेटिएका साइकल यात्री रामखेलावन महतोले नागरिकसँग भने,‘तस्करी नहुनु चाहिँ आश्चर्य हो, तस्करी भइरहेको विषय त हाम्रालागि आम भइसक्यो। यहाँका बच्चादेखि वृद्ध सबै सीमादेखि सहरसम्मको तस्करी सञ्जालबारे जानकार छन्।’
    उनले भने,‘मलाई त लाग्छ सरकारले नै राज्यकोष सुकाउने र व्यक्ति मोटाउने नीति लिएको छ। होइन भने, खै त राज्य डुबाउनेहरूलाई सरकारले दण्डित गरेकोरु’
    पहिला पहिला अँध्यारोको आडमा मौलाएको तस्करी पछिल्लो समय उज्यालोमै बेरोक चलिरहेको छ। तस्करले भारतबाट नेपालमा भन्सार छलेर सीमाहीन मालसामान भित्राइरहेका छन्।
    तस्करको यो कार्यलाई सघाउँदै छन्, चोरी पैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले। यहाँसम्मकी सशस्त्र र नेपाल प्रहरीको सादा पोसाककर्मीले तस्करका सामानलाई सुरक्षित स्थान (व्यापारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गरिदिने स्थानीय बताउँछन्।
    ‘सुरक्षाकर्मीको मिलेमतोमा सिराहामा फस्टाएको तस्करी धन्दा इलाका प्रहरी कार्यालय लहानको छेवैमा सञ्चालित तस्करको गोदामबाट छताछुल्ल भएको छ। आफ्नै अड्डा (कार्यालय) छेउमा महिनौँदेखि सञ्चालित तस्करका गोदामबारे डिएसपीलाई बेखबर हुन सक्छन्रु यो कसले पत्याउँलारु यो घटनाबाट त सेटिङमा तस्करी साफ हुन्छ’,उनले थपे।
    तस्करीलाई सघाएको आरोपमा तीन महिनाअघि सशस्त्र प्रहरीका एसपीसहित दुई जना डिएसपी मुख्यालय तानिएका थिए।

    तस्करी लगायतका बेथिति नियन्त्रणमा सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी सात महिनामै गृह मन्त्रालय तानिएका छन्। जिल्लामा प्रहरी र प्रशासनका अधिकारीहरू विभिन्न लाञ्छना लागेर फेरिए पनि नफेरिएको धन्दा हो–तस्करी।

    तस्करीले हद नाघेपछि सिराहाका बुद्धिजीवीहरू लाजले आँखा छोप्ने अवस्था आएको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष देवकुमार यादवले बताए।
    तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी मूकदर्शक बनिदिँदा तस्करी बढेको उनले बताए।
    ‘सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको आडमा तस्करहरू मौलाएका छन्,’ उनले भने, ‘दिउँसै नम्बर प्लेटबिनाका मोटरसाइकल तस्करीका प्याज बोकेर प्रहरी पोस्ट पार गरी प्रहरी कार्यालयकै छेउमा रहेको तस्करको गोदाममा भण्डारण गर्नुले सेटिङलाई प्रस्ट्याउँछ।’
    ओरालो लाग्दै राजश्व
    प्रहरीकै संरक्षण पाएपछि तस्करलाई केको डर। नियन्त्रणकारी निकायले नै तस्करलाई काखमा राखेर आँखा चिम्लेपछि बाँकीले देखेर पनि के गर्न सक्छन् र? लहानका बुद्धिजीवीहरू भन्छन्।’ प्रहरीकै संरक्षणमा तस्करी फस्टाएपछि राजस्व ओरालो लाग्नुको स्वाभाविक हो।
    ‘ठाढी भन्सार कार्यालयका निमित्त प्रमुख रामेश्वर प्रसाद चौधरीका अनुसार यस नाकामा अस्थायी पैठारी मात्र हुन्छ। हाम्रो भन्सारमा व्यावसायिक सामानको भन्सार कटाउन आउँदैन,’ चौधरीले भने, ‘प्याज, आलु लगायतका यती धेरै सामान कहाँबाट लहान सहरसम्म पुग्छ थाहा भएन। हामी गस्तीमा जान्छौ तर खाली हात फर्किन्छौँ।’

    यो भन्सारले चालु आर्थिक वर्षको पुस मसान्तसम्म लक्ष्यको १८ प्रतिशत पनि राजस्व असुल गर्न सकेको छैन।

    नौ करोड नौ लाख ९३ हजार रूपैयाँ असुली लक्ष्य रहेकोमा मङ्सिर मसान्तसम्म एक करोड ६० लाख ६० हजार रूपैयाँ मात्र असुली भएको निमित्त प्रमुख चौधरीले बताए। यो तथ्याङ्कले राजस्व चुहावट अर्थात् तस्करीलाई पुष्टि गर्छ।
    भन्सार राजश्व छलेर समान भित्राउने क्रम ठाढी नाका क्षेत्रमा मात्र व्यापक छैन। तस्करी उकालो लाग्दा ओरालो झरेको ठाढी भन्सारको राजस्व भन्दा माडर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस मसान्तसम्म लक्ष्यको २४ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ। ठाढी भन्सारअन्तर्गतको झाझपट्टी नाका त तस्करका लागि सुरक्षित मानिन्छ।
    माडर भन्सार कार्यालयका अनुसार ११ करोड ९९ लाख ५६ हजार रूपैयाँ असुली लक्ष्य रहेकोमा दुई करोड ८३ लाख ६५ हजार रूपैयाँ मात्र असुली हुन सकेको छ। माडर भन्सारअन्तर्गत रहेको बरियारपट्टी छोटी भन्सार नाका त बेहिसाब तस्करीका लागि नामी छ। भन्सार राजस्व ओरालो लाग्नुको कारणमध्ये तस्करी प्रमुख रहेको भन्सार प्रमुख रामराज चौरसिया स्विकार्छन्।
    ‘वारिपारि (नेपाल–भारत)आउजाउ गर्ने थुप्रा बाटा छन्। जसमा निगरानी र नियन्त्रणका लागि सुरक्षाकर्मी तैनाथ छन्। तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको पनि भूमिका रहन्छ,’ चौरसियाले भने, ‘भेटाएको बखत सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ। बाटा प्रशस्त छन्, कतै न कतैबाट मालवस्तु छिराइहाल्छन्, कहाँकहाँ नजर दौडाउनु?’

    सरकारले मुलुकभरका १५ वटा भन्सारमा खाद्य क्वारेन्टिन पनि तोकेको छ। त्यसमा सिराहाका कुनै पनि नाका पर्दैन। बिना क्वारेन्टिन पास गरी खाद्यवस्तु आयात गर्नु अवैध ठहरिने भन्सार प्रमुख चौरसिया बताउँछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑