सिमरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट लिएको पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका क्षेत्रीलाई सजाय माग गर्दै आयोगले बुधबार आरोपपत्र दायर गरेको हो ।
आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरिएको छ ।