• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छाला–जुत्ता कारखानाको चार जिल्लामा रहेको जग्गा पनि बिचौलियाको कब्जामा

  • वीरगंज संजाल
  • २४ माघ २०८०, बुधबार २०:०९
  • ११७३

    काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार छुटेका छन् ।
    प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित पक्राउ परेका कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सन्जय ठाकुरलाई बुधबार छाडेको हो ।
    पक्राउ परेका चौधरीसहित तीन जनामाथि सीआईबीले कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनीहरू १८ माघमा पक्राउ परेका थिए । पक्राउ परेका तीन जनामाथि सीआईबीले थुनामा राखेर अनुसन्धान गर्न पहिलो चोटि जिल्ला अदालत काठमाडांैबाट चार दिनको सयम सीमा पाएको थियो ।

    चार दिनमा अनुसन्धान नसकिएपछि सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुई दिन थुनामा राखी अनुसन्धान गर्न र अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।
    यद्यपि सीआईबीले उनीहरूले हिरासत कक्षमा नराखी तीन जनालाई नै सुविधा सम्पन्न ग्रान्डी अस्पताल राखेको थियो । सीआईबीले भने डाक्टरकै सल्लाहले उनीहरू अस्पाताल भर्ना भएको दाबी गरेको छ ।
    बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गा थियो ।
    चौधरी ग्रुपले सञ्चालन गरेको च्याम्पियन फुटवयेरको नाममा २०४३ भदौ १० मा जग्गा गएको देखिएको सीआईबीका एसएसपी दिनेश आर्चायले जानकारी दिए । त्यसमध्ये १० रोपनी अरुण चौधरीको नाममा नामसारी भएको देखिएको हो ।
    १० रोपनी जग्गा नामसारी गर्नेबेला कारखानाका कार्यकारी प्रमुख अजितनारायणसिंह थापाले सरकारलाई हानि–नोक्सानी हुने गरी चौधरीको कम्पनीमा नामसारी गरेको दाबी गरेको छ ।

    हाजिरी जमानीमा छुटेपनि अनुसन्धान जारी रहनेछ । प्रहरीले कीर्ते ठगी मुद्दामा अनुसन्धान गर्न प्रकाउ परेको मितिले २४ दिनको समय अवधि पाउने कानुनी व्यवस्था छ ।
    कारखानाको प्रशोधन केन्द्रको जग्गा पनि गायब सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अरुण चौधरी पक्राउ गरे पनि अन्य ठाउँका सरकारी जग्गाबारे भने अनुसन्धान प्रारम्भ भएको छैन । स्रोतका अनुसार, जुत्ता कारखानाको बाँसबारीका अतिरिक्त चार जिल्लामा रहेका सयौं रोपनी सरकारी जग्गासमेत व्यक्तिको नाममा गैरकानुनी तरिकाले नामसारी भएको दाबी गरेको छ ।

    जुत्ता निर्माणका लागि सरकारले बाँसबारीबाहेक मकवानपुरको हेटौंडा, सुनसरीको धरान, बाराको परवानीपुर र सिरहाको लालबन्दीमा सयौं रोपनी जग्गा कारखानाको नाममा थियो । छाला संकलन केन्द्रका जग्गासमेत २०४३ मै निजी कम्पनीहरूको नाममा नामसारी भइसकेको छ । त्यसमध्ये केही जग्गा चौधरी समूहकै कब्जामा रहेको देखिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।
    तर, सीआईबीले बाँसबारी जुत्ताको चार जिल्लाका कारखानाका जग्गा क–कसको नाममा नामसारी भए भन्नेबारे अनुसन्धान गरिसकेको छैन । सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भने बाँसबारीको जग्गाबाहेक अन्य ठाउँको जग्गाबारे पनि सीआईबीले अनुसन्धान गर्ने बताइन् । ‘‘हामीले बाँसबारीबाट अनुसन्धान थालेका हौँ । अन्य जिल्लाको जग्गा पनि यसरी नै नामसरी भएको केही प्रमाण फेला परेका छन् । हामी अनुसन्धान गर्दैछौं,” एआईजी बज्राचार्यले भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑