• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी कार्यालयको पर्खाल पारी तस्करको गोदाम !

  • वीरगंज संजाल
  • २४ माघ २०८०, बुधबार २०:०४
  • १०१३

    लहान | इलाका प्रहरी कार्यालय लहानको पश्चिम पर्खालपछाडि तस्करको गोदाम रहेको पाइएको छ। यहाँ भारतबाट भन्सार छली गरेर ल्याइने प्याज भण्डारण गरी बाहिरी जिल्ला पठाउने गरिएको छ।

    तस्करीको प्याज गोदाम लहानको मुख्य चोक (सहिद चोकदेखि) २० मिटर दक्षिण पूर्वमा छ। यो गोदाम इलाका प्रहरी कार्यालय लहानका प्रमुख (डिएसपी) बस्ने निवासको झ्यालबाट पश्चिम चियाउँदा प्रष्ट देखिन्छ।

    चौतर्फी सुरक्षा घेराको मध्य भागमा महिनौंदेखि तस्करीका सामान भण्डारण गर्ने गोदाम सञ्चालन भइरहे पनि सुरक्षा अधिकारीहरु भने चुपचाप छन्।

    मंगलबार इलाका प्रहरी कार्यालय लहानका प्रमुख (डिएसपी) भोलाप्रसाद भट्टसँग पटकपटक फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्। सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका गणपति शिव गैरेले पनि प्रतिक्रिया दिन अस्वीकार गरे।

    डिएसपी भट्ट र सशस्त्रका एसपी गैरेलाई तस्करका गोदामबारे जानकारी मागेको केही बेरपछि गोदाम अगाडि सेतो ट्रक रोकियो। र, त्यो ट्रकमा गोदामबाट प्याजका बोराहरु लोड हुन थाल्यो।

    प्याजका बोरा भरेर ट्रक पश्चिमतर्फ लाग्यो। यता, भारतीय सहर लौकहा र घोरमोहनाबाट प्याजका बोरा लोड गरिएको मोटरसाइकल मिर्जापुर हुँदै लहान–१ स्थित तस्करको गोदाममा आउने क्रम तीव्र हुन थाल्यो।

    गोदाममा हलचल सुरु हुन थालिसकेको थियो। पारिबाट तस्करी गरी ल्याएको प्याजका बोरा गोदाममा राखेर माथिबाट अर्को रातो बोरा बेरेर ट्रकमा भर्ने काम पनि विना रोकटोक तीव्र रुपमा चल्दै थियो।

    गोदाम नजिकैको एक पसलका व्यापारीले भने, ‘पुलिस प्रशासन मिलला पर किछो सम्भव छै सर (प्रहरी प्रशासन मिलेपछि जे पनि सम्भव छ, सर)।’

    उनले यसो भन्नुको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको ठाउँमा तस्करले तस्करीको प्याजको भण्डारण गर्नु। सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट तस्करले नेपालमा भन्सार छलेर सामान भित्र्याउँछन्। र, प्रहरी कार्यालयकै छेउमा गोदाम राखेर तस्करीका सामान भण्डारण गर्नुले मिलेमतो प्रष्ट हुन्छ।

    सशस्त्रका एसपी गैरेलाई तपाईँहरूकै ‘सेटिङ’ मा तस्करीको प्याज विनारोकटोक गोदामसम्म पुग्ने गरेकोबारे सोध्दा प्याज भन्सार काटेरै आएको दाबी गरे।

    सिरहा भन्सारमा खाद्य क्वारेन्टिन नभएका कारण कसरी भन्सार राजस्व काटियो भन्ने प्रश्नमा भने उनले केही बोल्न सकेनन्। उनले खुद्रा सामान भनेर प्याजको भन्सार बुझाएको बताए।

    केही बेरपछि सशस्त्र प्रहरीको लहानस्थित सहिद चोकमा उपस्थिति बाक्लियो। तर, उनीहरु तस्करका गोदामसम्म पुग्ने आँट गरेनन्।

    उनीहरुको उपस्थिति गोदाममा भएको प्याजका बोरा ट्रकमा भरेर बाहिर पठाउने र गोदाम खाली गर्न सुरक्षा दिइरहेको जस्तो देखिन्थ्यो।

    इलाका प्रहरी कार्यालय लहानको पर्खाल वारि रहेको तस्करको गोदाममा भण्डारण हुने प्याजबारे मिर्जापुरका स्थानीय भन्छन्,‘बिहानदेखि मध्यरातसम्म सयौं मोटरसाइकल प्याजका बोरा भरेर लहानतर्फ जान्छ।’

    तस्करका मोटरसाइकल जानुअघि मोटरसाइकल चढेर आएको पुलिसले बाटो क्लियर गराउने गरेको उनीहरु बताउँछन्।

    पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट उज्यालोमै तस्करले भारतबाट नेपालमा विना भन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन्।

    तस्करको यो कार्यलाई सघाउँदै छन्, चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले। यहाँसम्मकी सशस्त्र र नेपाल प्रहरीको सादा पोषाककर्मीले तस्करका सामानलाई सुरक्षित स्थान (व्यापारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गरिदिने स्थानीय बताउँछन्।

    सुरक्षाकर्मीको मिलेमतोमा सिरहामा फस्टाएको तस्करी धन्दा इलाका प्रहरी कार्यालय लहानको छेवैमा सञ्चालित तस्करको गोदामबाट छताछुल्ल भएको छ।

    तस्करीलाई सघाएको आरोपमा तीन महिनाअघि सशस्त्र प्रहरीका एसपीसहित दुई जना डिएसपी मुख्यालय तानिएका थिए।

    तस्करी लगायतका बेथिति नियन्त्रणमा सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी सात महिनामै गृह मन्त्रालय तानिएका छन्। जिल्लामा प्रहरी र प्रशासनका अधिकारीहरू फेरिए पनि नफेरिएको धन्दा हो–तस्करी।

    तस्करीले हद नाघेपछि सिरहाका बुद्धिजीवीहरू लाजले आँखा छोप्ने अवस्था आएको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष देवकुमार यादवले बताए।

    तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी मूकदर्शक बनिदिँदा तस्करी बढेको उनले बताए।

    ‘सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको आडमा तस्करहरू मौलाएका छन्,’ उनले भने, ‘दिउँसै नम्बर प्लेटबिनाका मोटरसाइकल तस्करीका प्याज बोकेर प्रहरी पोस्ट पार गरी प्रहरी कार्यालयकै छेउमा रहेको तस्करको गोदाममा भण्डारण गर्नुले सेटिङलाई प्रस्ट्याउँछ।

    प्रहरीकै संरक्षण पाएपछि तस्करलाई के-को डर। नियन्त्रणकारी निकायले नै तस्करलाई काखमा राखेर आँखा चिम्लेपछि बाँकीले देखेर पनि के गर्न सक्छन् र ? लहानका बुद्धिजीवीहरू भन्छन्।’

    प्रहरीकै संरक्षणमा तस्करी फस्टाएपछि राजस्व ओरालो लाग्नुको स्वाभाविक हो। भन्सार राजस्व ओरालो लाग्नुको कारणमध्ये तस्करी प्रमुख रहेको भन्सार प्रमुख रामराज चौरसिया स्विकार्छन्।

    ‘वारिपारि (नेपाल–भारत) आउजाउ गर्ने थुप्रा बाटा छन्। जसमा निगरानी र नियन्त्रणका लागि सुरक्षाकर्मी तैनाथ छन्। तस्करी नियन्त्रणका लागि भन्सारसँगै सुरक्षा र प्रशासनको पनि भूमिका रहन्छ,’ चौरसियाले भने, ‘भेटाएको बखत सामान बरामद गरेर भन्सारमा बुझाउने गरिएको छ। बाटा प्रशस्त छन्, कतै न कतैबाट मालवस्तु छिराइहाल्छन्, कहाँकहाँ नजर दौडाउनु ?’

    मुख्य भन्सार माड्रको राजस्व संकलन २४ प्रतिशत मात्र देखिन्छ। यस वर्षको राजस्व संकलन लक्ष्य ११ करोड ९९ लाख ५६ हजार रहेकोमा पुस मसान्तसम्म २ करोड ८३ लाख ६५ हजार मात्र उठेको भन्सारको तथ्यांकले देखाउँछ।

    सरकारले मुलुकभरका १५ वटा भन्सारमा खाद्य क्वारेन्टिन पनि तोकेको छ। त्यसमा सिरहाका कुनै पनि नाका पर्दैन। बिना क्वारेन्टिन पास गरी खाद्यवस्तु आयात गर्नु अवैध ठहरिने भन्सार प्रमुख चौरसिया बताउँछन्। सिरहाको भन्सार नाकाहरुबाट दैनिक सयौं बोरा प्याज राजस्व छली भित्रिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑