बारा । बारामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-७ बाट ६१ हजार नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्।
महतोले त्यहा रहेको पसलबाट नक्कली नोटले सामान किनेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको छ । यस सम्बन्धमा बाराका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने संग बुझ्दा उनले आवश्यक अनुसन्धान भैरहेको र अन्य थप कुरा पछी जानकारी दिने बताएका छन् ।