• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारतको सम्बन्ध दुई शरीर एउटै प्राण : मुख्यमन्त्री योगी

  • वीरगंज संजाल
  • २४ माघ २०८०, बुधबार ११:३५
  • १२०९

    वीरगञ्ज । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारतको सम्बन्ध ‘दुई शरीर एउटै प्राण’ जस्तो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोरको नेतृत्वमा भारत भ्रमणमा रहेका नेपाली सांसदहरूसँग लखनउस्थित सरकारी निवासमा भएको भेटघाटमा सो कुरा उनले बताएका हुन् ।
    देश दुइटा भए पनि हरेक कुरा एउटै रहेको धारणा राख्दै उनले रोटीबेटीको सम्बन्धभन्दा माथि पनि दुई देशको बिचमा सम्बन्ध रहेको बताए । ‘नेपाललाई म सम्मान गर्छु । नेपालसँग कूटनीतिक र राजनीतिक सम्बन्ध छ, त्यो आफ्नै ठाउँको कुरा हो । तर त्योबाहेक पनि भावनात्मक सम्बन्ध छ, जुन विश्वका कुनै पनि देशसँग छैन,’ मुख्यमन्त्री योगीको कुरालाई उद्धृत गर्दै समितिका सभापति राजकिशोर यादवले भने, ‘नेपाल–भारतबिचको सम्बन्धलाई कुनै पनि रूपमा बयान गर्न सकिँदैन, हाम्रो अद्भुत सम्बन्ध रहेको छ ।’

    अयोध्या आउने नेपालीलाई भारतीय नागरिक सरह व्यवहार गर्न आफूले यहाँको सरकारलाई निर्देशन दिइसकेको कुरा राख्दै मुख्यमन्त्री योगीले नेपाल र भारतका जनताबिच आफूले कुनै अन्तर नदेखेको धारणा राखेका थिए ।
    भारत आर्थिक रूपमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको र चाँडै नै भारत अर्थतन्त्रमा विश्वको तेस्रो मुलुक बन्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री योगीले यसबाट नेपालले पनि फाइदा लिनुपर्ने धारणा राखेका थिए । भारतले आर्थिक रूपमा गरिरहेको विकासबाट नेपालले फाइदा लिनसक्ने र त्यसमा आफूले पूर्ण सहयोग गर्न तयार रहेको उनले बताएका थिए । नेपालप्रति प्रधानमन्त्री नरेन्द्र मोदी पनि असाध्यै सकारात्मक रहेको हुनाले यसबाट जतिसक्दो फाइदा नेपालले लिनुपर्ने धारणा मुख्यमन्त्री योगीको थियो ।
    भेटमा सभापति यादवले प्रधानमन्त्री मोदीले भने जस्तै सीताबिना राम अधुरो छ भने जस्तै अयोध्याबिना जनकपुर अधुरो रहेको धारणा राखेका थिए । ‘जसरी अयोध्याप्रति विश्वको ध्यानाकर्षण गराउन सफल हुनुभयो त्यसरी नै जनकपुरका लागि गर्नुपर्ने देखिन्छ,’ उनले मुख्यमन्त्री योगीलाई भने, ‘अयोध्या जस्तो जनकपुर पनि हुनुपर्छ अनि मात्र राम र सीताको जोडी पूर्ण हुन्छ ।’

    हरेक वर्ष अयोध्या घुम्न आउने लाखौँ पर्यटकलाई जनकपुरसम्म पुर्‍याउने व्यवस्था युपी सरकारले गर्नुपर्ने प्रस्ताव समितिका सभापति यादवले राखेका थिए । अयोध्या आउने धार्मिक पर्यटक जनकपुर नगई पुण्य नपाउने हुनाले अयोध्या भ्रमणमा जनकपुरलाई पनि प्याकेजमै राख्नुपर्ने कुरा उनले राखेका थिए । त्यसमा मुख्यमन्त्री योगीले आफू जनकपुर–अयोध्यालाई जोड्न र त्यसको विकासका लागि गर्नुपर्ने हरेक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । यसअघि पनि प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा गएको बेला अयोध्या–जनकपुर सर्किट निर्माण गर्ने भनेर घोषणा नै गरेका थिए । त्यसका लागि नेपाल सरकारलाई बजेट पनि भारत सरकारले दिएको छ । नेपालका सांसदहरूले आजै उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र त्यहाँका विधान सभाका सभामुखसँग पनि भेटघाट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑