• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भरतपुर भ्रमण वर्षकाे अवसरमा सजाइँदै नारायणी नदीकिनार

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार २१:२३
  • २०६१

    भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ। महानगरपालिकाले फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारबाट भ्रमण वर्षको उद्घाटन गर्दैछ।
    झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ। अहिले महानगरपालिकाले नारायणी किनार सजाउने कार्य धमाधम गरिरहेको छ।
    भ्रमण वर्ष उद्घाटन हुने स्थल नारायणी नदी किनारका खाल्टाखुल्टीमा माटो भरेर दुबो लगाउने काम भइरहेको महानगरपालिकाका उपसचिव ओमप्रसाद पाण्डे बताउँछन्।
    भ्रमण वर्षलाई लक्षित गरी नारायणी किनारमा चाइनिज दुबो र त्यहाँ भएको दुबोलाई पानी हालेर संरक्षण गरिरहेका छौं,’ उनले भने, ‘अहिले हाम्रो उद्देश्य धुलोरहित नारायणी किनार बनाउने हो।’

    महानगरपालिकाले चाइनिज दुबो रोप्नका लागि ६० लाख रूपैयाँमा ठेक्का दिएको छ। उनका अनुसार यो रकमले १० हजार पाँच सय वर्गफिटमा दुबो रोपिनेछ।
    दुबो रोपिएको ठाउँमा वर्षायाममा बाढी आउँछ। यति मोटो रकम खेर जाने चिन्ता कतिपयको छ। दुबो अहिले परीक्षणका रूपमा मात्र रोपिएको पाण्डेले बताए।
    ‘नारायणी नदी किनारमा ‘सी बिच मोडल’मा दुबो रोपेर हरियाली बनाउने योजना छ,’ उनले भने, ‘अहिले नमुनाका लागि चाइनिज दुबो रोपेका हौं।’ यसलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने उनले बताए। ‘अहिले नारायणी किनारमा दैनिक पाँच हजार हाराहारीमा मानिस घुम्न आउँछन्। उनीहरूले जथाभावी फोहोर गर्छन्,’ उनले भने, ‘अहिले दुबो रोपिएको ठाउँमा मानिस प्रवेश गर्न नदिने गरी पार्क बनाउने लक्ष्य छ।’

    नारायणी किनारको विकास गर्नका लागि ‘सी बिच मोडल’ मा गुरुयोजना बनाइएको बताउँदै उनले आगामी दिनमा स्मार्ट शौचालय, पार्क निर्माण, थप दुबो लगाउने योजना रहेको उनको भनाइ छ। शौचालय निर्माणका लागि केही दिनमा ठेक्का लगाउने उनले बताए। उनका अनुसार यसका लागि करिब एक करोड बजेट विनियोजन गरिएको छ।
    हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत नारायणी किनारमा पिपल, स्वामीलगायतका एक सय ५० बिरुवा रोपिएको छ। १७ करोड रूपैयाँको लागतमा नदीको पुलबाट उत्तरतर्फ ६४० मिटर लम्बाइको तटबन्धमा अहिले नदीतर्फ सिँढी निर्माण भएको छ। नदीतर्फ सिँढीसहित पैदल मार्ग निर्माण भएको छ। त्यसका साथै आकर्षक पार्क निर्माणको योजनामा महानगर छ।

    भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। महानगरका २९ वडाबाट नागरिकलाई कार्यक्रममा सहभागी गराइँदैछ। यसको नेतृत्व वडाका अध्यक्षले गर्ने गरी तयारी भइरहेको छ। भ्रमण वर्षको वडास्तरमा प्रचारका लागि वडाध्यक्ष संयोजक रहेको प्रवर्धन समिति बनाइएको छ। कार्यक्रमको घोषणापूर्व नदी किनारमा स्थानीय कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रिय कलाकारले साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन्।
    भरतपुर महानगरभित्र २५ स्थानलाई प्रमुख गतव्यका रूपमा राखिएको छ। विशेष गरेर मेघौली, गोलाघाट, पटिहानी, जगतपुर, नारायणी किनार, देवघाटलगायतका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यमा राखिएको छ।
    भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ। भ्रमण वर्ष सम्पन्न गर्न महानगरले तीन करोड रूपैयाँ विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले दुई करोड रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑