• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मानव अधिकार आयोगले उल्टै मानव अधिकार उल्लंघन गरेको आजपााको ठहर

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार २०:५४
  • ८८५

    वीरगंज|आम जनता पार्टी (आजपा) ले जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेको छ । आजपाको केन्द्रीय कमिटीको काठमाडौंमा सम्पन्न बैठक पश्चात आज जारी बिज्ञप्तीमा जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउने निर्णय गरेकोको छ । जनयुद्ध र जनआन्दोलनलाई जनसंघर्षको उत्सवको रुपमा मनाउँने निर्णय गरेको आजपाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त एवं निर्णायक ढंगले अगाडि बढाउने निर्णय गरेको छ । बैंक, लघुवित तथा सहकारीको लुट विरुद्धको संघर्षलाई व्यापक बनाउने, भन्सार लगायतका राजस्व लुट विरुद्धको आन्दोलनलाई निर्णायक बनाउने, भ्रष्टाचार विरुद्धको संघर्षलाई थप सशक्त बनाउने, वैदेशिक रोजगारमा हुने ठगी विरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने, भगौडा दलाल पूँजीपतीहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने निर्णय बैठकले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

    यसैगरी राज्यको हरेक निकाय एवं अंगमा महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, मदरसा शिक्षालाई बैधानिकता दिलाउन, उपत्यका बाहिर सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिलाउन, गरिब दलितहरुलाई रोजगार र आवासको व्यवस्था गराउन तथा किसानलाई वीऊ, मल, पानी र पेनशन दिलाउन लगायतका जनपक्षीय मुद्दाहरुमा जारी संघर्षहरुलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
    १९ र २१ माघमा काठमाडौं स्थित केन्द्रीय कार्यालयमा आजपा अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको बैठकले विगतमा पार्टीद्धारा गरिएका बिभिन्न कार्य एवं आन्दोलनको समिक्षा समेत गरिएको छ । भगौडा वर्गविरुद्धको संघर्ष, वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक–लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सारलगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले आम जनतामा आत्मविश्वास र उत्साह तथा राज्यमाथि व्यापक जनदवाव बढाएको निष्कर्ष बैठकको छ ।
    यसैगरी पछिल्लो स्थायी कमिटीको बैठक पछि सातै प्रदेश कमिटीहरुको बैठक र मुख्यतः लगभग सबै जिल्ला नेतृत्वको चयन तथा आईटी आर्मीको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम, मधेश बन्द, पार्टीमा प्रवेशको जनलहर, काठमाडौंमा भ्रष्टाचार विरुद्धको मोटरसाईकल ¥यालीलगायतका कार्यक्रमहरुले पार्टी पंक्तिमा विशेष उत्साह एवं उर्जाको रक्तसञ्चार गरेको निष्कर्ष बैठकको छ ।
    पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै पार्टीका नेता रामपृत रामलाई सल्लाहकार समितिमा राख्ने निर्णय बैठकले गरेको छ । यस्तै आजपाले ‘दलतन्त्रको विरुद्ध संघर्षको दिशामा अघि बढौं ! संगठन निर्माण र विस्तारमा जोड गरौं !!’ भन्ने मुल नारा सहित संगठन बिस्तार गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले पार्टीको जनवर्गिय संगठनका ईन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी बाँडफाँड गरेको छ । आम किसान मोर्चाको इन्चार्जमा मनोज कुमार यादव र अध्यक्षमा अनिल झा, आम सुकुम्वासी संघको इन्चार्जमा ब्रह्मनारायण यादव अध्यक्षमा राज कुमार विक, आम खेलकुद महासंघको ईन्चार्जमा सुरेश चौधरी र अध्यक्षमा राजेश्वर साह (राजु), आम इन्जिनियर्स संघको ईन्चार्जमा बालकृष्ण सापकोटा र अध्यक्षमा गोपाल साह, आम स्वास्थ्यकर्मी महासंघको ईन्चार्जमा बाबुराम कौशिक र अध्यक्षमा हरिओम जयसवाल, आम पत्रकार महासंघको ईन्चार्जमा योगेश राल्फाली र अध्यक्षमा मनोज तिमल्सिना, आम जनजाती महासंघको ईन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र अध्यक्षमा पासाङ तामाङ, आम उधोग वाणिज्य महासंघको ईन्चार्जमा सागर पाण्डेय र अध्यक्षमा संजय साह, आम मजदुर महासंघको ईन्चार्जमा धनकुमारी मगर र अध्यक्षमा शिव थापा रहेका छन् ।

    यसैगरी आम शिक्षक संघको ईन्चार्जमा उदयचन्द्र प्रसाद अध्यक्षमा संजय साह, आम महिला मोर्चाको ईन्चार्जमा कान्तिदेवी महतो, र सहईन्चार्जमा सिमल साह, बबिता यादव र अध्यक्षमा कुमारी बबिता, आम थारु मोर्चाको इन्चार्जमा पलट चौधरी र अध्यक्षमा सरोज चौधरी, आम महिला लघुवित पीडित संघर्ष समितिको इन्चार्जमा ई.प्रमोद राणा र अध्यक्षमा आशा सन्जेल, भन्सार लुट विरुद्धको संघर्ष समितिको संयोजकमा रञ्जुकुमारी साह र महिला विभागको प्रमुखमा देवी पण्डित रहेका छन् ।
    यसैगरी बैठकले राष्ट्रिय मानवअधिकार आयोगद्धारा बिना कुनै आधार प्रमाण, कपोलकल्पित, कुण्ठित एवं पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर आयोगले उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्षसहित यसको प्रतिवाद गर्ने निर्णय बैठकले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑