• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सूर्यदर्शन सहकारी प्रकरणः रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी

  • वीरगंज संजाल
  • २३ माघ २०८०, मंगलवार ०८:५२
  • १४२१

    पोखरा | पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिाछानेविरुद्ध जाहेरी दिएका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित बचतकर्ताले रवि लामिाछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध जाहेरी दिएका हुन्।

    रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोलालगायत विरुद्ध जाहेरी परेको हो।

    जाहेरीमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरिरहेको गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालि, नेचर हब प्रालिले बचत बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले पीडितले पुरक जाहेरी दिएको बताए। पहिल्यै मुद्दा चलिरहेकाले पुरक अनुसन्धान सुरु हुने उनको भनाइ छ।

    ‘यो मुद्दा पहिल्यै दर्ता भएको हो। त्यो विषयमा पुरक सूचना आएको हिसाबले पुरक अनुसन्धान हुन्छ’, उनले भने।

    सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले माघ ९ गतदेखि जाहेरी दिन खोजे पनि प्रहरीले नलिएको बताए। सोमबार पनि अनौपचारिक रुपमा बुझाएको उनको भनाइ छ। ‘अनौपचारिक रुपमा बुझाइयो दर्ता भएको छैन। एसपीसापले दर्ता भएजस्तै सोच्नुस भन्नुभा’छ’, उनले सुनाए।

    सुरुमा झन्डै ९० व्यक्ति र कम्पनिविरुद्ध जाहेरी दिए पनि प्रहरीले विवरण पूरा नभएको भन्दै लिन आनाकानी गरेको उनले बताए। ‘अहिलेलाई विवरण खुलेका व्यक्तिको मात्रै जाहेरी दिएका छौँ। अन्यको पनि विवरण समेटेर फेरि अर्को जाहेरी दिन्छौँ’, उनले भने।

    ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेको छ।

    पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

    २०६७/६८ सालमा दर्ता भइ सञ्चालनमा आएको सूर्यदर्शनले सुरुमा सभागृह चोकबाट सेवा दिएको थिथो। पछिल्लो समय कार्यालय नालाको मुखमा सर्‍यो। गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेको हो।

    सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हालसम्म ४ जना पक्राउ परेका छन्।

    सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, पूर्व सञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल पक्राउ परेका हुन्। उनीहरु पुर्पक्षका लागि थुनामा छन्।

    सहकारीका बचत पीडितकर्ताले यो विषयलाई लिएर माघ ९ गते पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए। यस्तै, माघ १२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि पीडित बचत फिर्ताको माग राख्दै समस्या सुनाए।

    यस्तै, सोमबार जाहेरी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिाछानेलाई पनि पुस ६ गते भेटेर समस्या सुनाएका थिए। रविले भने आफूलाई पनि फसाएको भन्दै पन्छिन खोजेको पीडित पक्षले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑