बर्दिवास । दिगो विकासतर्फको महत्वपूर्ण कदममा बर्दिवास नगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ। Green Shift: Circularity of Plastic Waste for Net-Zero Carbon Nepal (GreenShift Nepal), चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो । यस परियोजनाको कार्यान्वयन गर्ने नेतृत्व CREASION ले लिएको छ
| भने, यसका कन्सोर्टियम साझेदारहरू Restless Development, र Youth Innovation Lab (YI-LAB) रहेका छन् । त्यसैगरी बर्दिवास नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न नगरपालिकामा Fellow राख्नका लागि Waste Smart Fellowship सम्झौता ज्ञापन पत्रमा पनि हस्ताक्षर गरेको छ ।
बर्दिवास नगरपालिकाका उपमेयर तारा देवी महतोलेे साझेदारीप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, ‘हामी यस परियोजनामा हस्ताक्षर गर्न र साझेदारहरूसँग मिलेर काम गर्न पाउँदा धेरै खुसी छौं। हामी आशावादी छौं कि प्रस्तावित गतिविधिहरूले हाम्रो नगरपालिकालाई प्लास्टिक फोहोर व्यवस्थापन क्षेत्रमा ठूलो प्रभाव पार्ने छ, र हामी यस परियोजनालाई कार्यान्वयन गर्न हाम्रो पूर्ण सहयोगको वाचा गर्दछौ ।”