बारा । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
मिर्गाैला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।
नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउँने गर्दछ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचार वापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाले कार्तिक महिना देखि पुष महिनासम्ममा १ सय २ जना बिरामीलाई तीन महिनाको एकमुष्ठ १५ हजारका दरले सम्बन्धित बिरामीको खातामा रकम जम्मा गरिदिएको भाष्करले जानकारी दिए ।लाभग्राहीको सङ्ख्या १ सय ४ जना भएपनि २ जनाको मृत्यु भएका कारण १ सय २ जनाको रकम बैँकमा पठाईएको उनले बताए।
जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो स्वीकृत कार्यबिधि अनुसार मुटुरोग ,अल्जाईमर ,हेड ईन्जुरी ,सिकलसेल लगायतका बिरामीहरुलाई पनि उपचारकोलागि एक पटककोलागि १० हजार रुपैयाँ सम्मको सहयोग गर्ने गरेको छ ।