बारा । बाराकाे बिश्रामपुरबाट गाउँपालिकाको बलिरामपुर गाउँ हुदै फूल लगायतका मालसामानहरूको तस्करी मौलाएको छ । बिगतका दिन देखि धेरै तस्करीको मालसामान तथा राजेश्व छलीको समानलाई बारा जिल्ला हुदै पर्सा मा.न.पा-१६ नगवा बस पार्क पछाडि बाटो भएर बसमा लोड गरी राजमार्ग भएर काठमाडौं जाने गरेको छ।
उक्त नाकाबाट तस्करीको समान बिहान को १० बजे देखि राति को १२ बजे सम्म फूल लगायत अन्य मालसामानहरूको तस्करी हुने गरेको छ । साथै सिमानामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी रकम उठाउनमा लिप्त भएकोले बस सम्मपुगिरहेको छ । सोही तस्करीको मालसामान राजमार्ग पुग्दा राजमार्गको खटिने प्रहरी युनिटहरूको पनि मिलोमतो मा काठमाण्डू सम्म पुगीरहेको छ।
उक़्त नाकाबाट फूल तस्करी गर्नेमा बलिरामपुर बाराका एक जाना व्यक्ति लगायतका तस्करहरू रहेको छन्। उक्त तस्करहरूबाट प्रहरी चौकीका इन्चार्जका घुमुवा र सशस्त्र प्रहरीका घुमुवाले १ लाख देखि २ लाख सम्म लिने गरेका एक श्रौतको दाबी छ । प्रहरी चौकी र सिमा नाकाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले रकम लिए बापत उत्त नाकाबाट तस्करहरूको प्वाइन्ट नै बनेको छ। जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एसपी सुरेश काफ्ले का घुमुवा एता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कमल साह का घुमुवा लिने गरेका छन् ।
बारा प्रहरीका घुमुवा सोनालाल रहेका छन भने पर्सा जिल्ला प्रहरीका घुमुवा कउसल रहेका छन । सशस्त्र प्रहरीका B.O.P मुसहरवाका प्रमुख इन्चार्ज दिपक थापा रहेका छन। तस्करीको मालसामान सिमा पारी देखी काठमाण्डू पूर्याउन मा तल देखी माथी सम्म मिलोमतो रहेको एक तस्कर नाम गोपय राखने सरतमा बताएका छन ।