• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १ सय २१ वर्षीय वृद्धा बाटुलीको निधन, अधुरै रह्यो गिनिजबुकमा लेखाउने अभियान

  • वीरगंज संजाल
  • २० माघ २०८०, शनिबार ०७:४४
  • १७६९

    नुवाकोट l विश्वकै सवैभन्दा बढी उमेर दावी गरिएकी नुवाकोट ककनी निवासी एक वृद्धाको निधन भएको छ । आगामी चैत्र १० गते उनले आफ्नो १२२ औं जन्मदिन मनाउँदै थिइन् ।
    सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-८ थानसिङ छापथोककी १२१ वर्षिया बाटुली लामिछानेको शुक्रवार बेलुकी निधन भएको हो । कुनै रोग नदेखिएकी वृद्धाको निधनसँगै बाटुलीको नाम गिनिज वुकमा लेखाउने अभियान रोकिएको छ ।

    उनलाई विश्वकै ज्येष्ठ नागरिक भएको दावी गरिएको छ । लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको परिवारजनको दावी रहेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड छ ।
    उनलाई गाउँमा घर बनाइएको छ भने पूर्व प्रदेश मन्त्रि तथा सांसद एवं स्थानीय तहको पहलमा मासिक रुपमा नियमित भत्ता उपलब्ध गराइएको थियो ।

    सामान्य विरामी रहेकी बाटुलीले तीन दिन अगाडीदेखि सामान्य खानेकुरासमेत खान छाडेकी थिइन् । वृद्धाको अक्सिजनको मात्रासमेत कमी भएको थियो । उनको आफ्नै निवासमा शुक्रवार बुलुकी निधन भएको पनाती श्या ढुंगानाले जानकारी दिनुभयो । वृद्धा बाटुलीको इच्छाअनुसार गएराती नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
    दिवंगत वृद्धा बाटुलीको पार्थिव शरिरमा उनका ८२ वर्षिय छोरा नेत्रप्रसाद लामिछानेले दागवत्ति दिनुभयो । बाटुलीका दुई छोरा र तीन छोरीमध्ये हाल नेत्रप्रसाद मात्र जिवित रहेका छन् । वृद्धा बाटुलीलाई विश्व रेकर्डमा नाम लेखाउन विभिन्न क्षेत्रवाट प्रयास गरिएपनि लेखाउन सकिएको थिएन ।

    उनलाई सरकारीस्तरवाट विभिन्न सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको छ । वृद्धालाई भेट्न सरकारीस्तरका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि एवं सयौं सर्वसाधारण उनको घर ककनीको मकैचौर पुगेका थिए ।
    विसं १९५९ साल चैत्र १० गते सिन्धुपाल्चोकको साविक वांसवारी गाविस-१ गिरानचौरमा माता देवीकुमारी र पिता जयनारायण तिवारीको कोखवाट जन्मिएकी वृद्धा वाटुली नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गापा ८ छापथोकमा छविलाल लामिछानेसंग विवाह गरेर आएको अभिलेखमा उल्लेख रहेको छ । हाल उनका एक छोरा, चार नातिनी, पाँच पनाती, पाँच पनातिनी र एक जनाती छन् ।

    यसअघि, ‘जीवित देवी’को उपमा पाएकी नुवाकोटकी वृद्धा बाटुली लामिछाने आगामी चैत्र १० गते १२२ औं जन्मदिन मनाउने क्रममा थिइन् ।
    बाटुलीलाई २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट खटिएको टोलीले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑