बारा । बारा प्रहरीले २५ लाख बराबरको खुद्रा समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.३.ख.७३११ नं. को ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य २५ लाख ७२ हजार ५ सय १६ रूपैया बराबरको समान बरामद गरिएको हो ।
खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यलाय पथलैयामा बुझाएको प्रवक्ता न्यौपानेले बताए ।