• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् १९ माघ

  • वीरगंज संजाल
  • १९ माघ २०८०, शुक्रबार १३:५७
  • १७३३

    काठमाडौँ । हाम्रो राजनीतिक इतिहासमा ‘१९ माघ’ दुईपटक कालो दिन भएर आयो— पहिलोपटक, २०१४ सालमा । त्यतिबेला राजा महेन्द्रले संविधानसभाको चुनाव नगरी, प्रतिनिधिसभाको चुनावको घोषणा गरे । त्यसयता जनताका प्रतिनिधिले संविधानसभाबाट संविधान नलेख्दासम्म देशले दुर्दशा भोग्नुपरेको जगजाहेरै छ ।दोस्रोपटक, २०६१ सालको १९ माघ कालो दिन भएर आयो । अर्थात् राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति र सत्ता आफ्नो हात लिए । देश, काल र परिस्थितिका कारण पनि हुन सक्छ, त्यस वर्षको १९ माघले कालो दिनमै पनि चाँदीको घेरा लिएर आएको थियो । राजा निरंकुश हुँदै गएकाले युद्धरत माओवादी र दलहरू एक ठाउँमा आउने उज्यालो परिस्थिति सिर्जना भयो । अन्ततः संविधानसभाबाट संविधान बनाएर देशले निकास पाएको छ । हामीकहाँ संविधान बनाउने सभाको चर्चा विशेष रूपमा २००७ सालदेखि भएको हो । निरंकुश जहानियाँ राणाशासनको अन्त्यका लागि आन्दोलन चरमोत्कर्षमा पुगेपछि दिल्लीमा त्रिपक्षीय सम्झौता गरियो । कांग्रेस, राजा र राणाका बिचमा भएको सम्झौतामा भारत मध्यस्थकर्ता थियो । त्यस सम्झौताको पहिलो बुँदाले बाेल्याे— देशभरिका सम्पूर्ण बालिगहरूले आमचुनावद्वारा खडा गरेको एक वैधानिक सभा सकभर शीघ्रतासँग खडा गर्ने । तेस्रो बुँदाले बाेल्याे— वैधानिक सभाले तर्जुमा गर्ने नयाँ विधान चालू नभएसम्म २००४ सालको वैधानिक कानुन चालू रहनेछ । यही अनुसार, राजा त्रिभुवनले २००७ फागुन ७ गतेको आफ्नो घोषणामा भने, ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले ।’

    आधुनिक नेपालको राजनीतिक इतिहासमा राजाको मुखबाट सार्वजनिक रूपमा ‘गणतन्त्रात्मक’ शब्दको उच्चारण भएको यही पहिलोपल्ट होला । संयोग कस्तो भयो भने, त्यसको ५६ वर्षपछि अर्थात् २०६४ गणतान्त्रिक व्यवस्थाले नै संविधानसभाको निर्वाचन गर्‍यो । दुईपटक निर्वाचन भएरै होस्, देशले संविधानसहितको निकास पाएको छ । प्रजाले निर्वाचन गरेको एक वैधानिक सभाले गणतन्त्रात्मक विधान बनाउने’ भन्ने आफ्नै घोषणा अर्थात् प्रजातन्त्रको मूलाधारलाई कुल्चँदै त्रिभुवनले २०१४ माघ १९ गते संसदीय चुनावको घोषणा गरे । उनको घोषणाको पहिलो बुँदाले भन्यो, ‘देश, काल, परिस्थितिलाई विचार गरी वर्तमान अन्तरिम शासन–विधानको आधारमा एउटा नयाँ संविधानको मस्यौदा गर्ने कमिसनको व्यवस्था हुनेछ र दरकार हेरी यसलाई मद्दत र सल्लाह दिन विदेशी विशेषज्ञहरू पनि सल्लाहकारमा नियुक्त गरिनेछन् । सोही संविधानका आधारमा देशको आमचुनाव अब संसद्को लागि गरिनेछ । यसमा दुई सभा (हाउस) को व्यवस्था गरी यथाशक्य देशको सार्वभौमिक स्वतन्त्रता र जनअधिकार सुरक्षित गरिने प्रयत्न हुनेछ ।’

    यही घोषणासँगै राजतन्त्रले आफ्नो निरंकुशताको तरबार उजाइसकेको थियो । १९ माघको घोषणाका बुँदा (तपसिल)हरूमा आउनुअघि त्रिभुवनले प्रस्ट भाषामा भने, ‘आजसम्म ठेगान हुन बाँकी रहेका कुरा पनि हामीबाटै ठेगान गर्न बाध्य हुनुपरेकोले फेरि आज यकिन गरी तपसिलका कुराहरू सबैलाई सुनाउन लागेका छौँ ।’

    संविधानसभाको चुनाव नभए पनि २०१५ सालमा देशमा पहिलोपटक संसदीय चुनाव भयो । १०९ सिटमध्ये ७४ सिट जितेर कांग्रेसले सत्ता चलायो । यो जननिर्वाचित सरकारले उत्पीडित वर्ग, क्षेत्र, समुदाय तथा लिंगको हकहितमा आधारित संविधान तथा कानुनहरू र उनीहरूको जीवनमा परिवर्तन ल्याउने प्रभावकारी कार्यक्रम त खासै ल्याएन, कम्तीमा मुलुक संसदीय अभ्यासमा थियो । २०१७ सालको पुसमा आएर महेन्द्रले ठेगान लगाउन खोजे । अर्थात् मन्त्रीमण्डल र संसदका दुवै सदन विघटन गरिदिए । देश करिब ३० वर्ष पञ्चायती व्यवस्थाको अँध्यारोमा रुमलियो ।
    संविधानसभाको आधार

    पञ्चायती व्यवस्थासँगै आशालाग्दा नेता बीपी कोइराला निकै समय जेल परे । जीवनको उत्तराद्र्धतिर केही अवसर पाउँदा उनले बाह्य र आन्तरिक परिस्थितिको मूल्यांंकन गर्दै राजासँग घाँटी जोड्ने अर्थात् मेलमिलापको नीति लिए । उनको नीतिले देशलाई जनमत संग्रह हुँदै २०४६ सालको आन्दोलनसम्म पुग्ने आधार निर्माण गर्‍यो ।

    करिब ३० वर्ष लडेर बहुदल ल्याएपछि पनि परिवर्तनकारी दलका नेताहरूले विवेकपूर्ण ढंगले राजनीति गर्न जानेनन् । दलभित्रै घात र अन्तर्घात गर्दै, दलहरूबिच एक–अर्कालाई सिध्याउने मनसाय पाल्दै नेताहरूले संसद् विघटनको अभ्यास गर्न थाले ।

    यहीबिचमा (२०५२ माघ २२ गते) माओवादीले ४० वटा बुँदा तेर्साएर भन्यो— हाम्रा यी माग पूरा गर, अन्यथा हामी युद्धमा जान्छौँ । ४० बुँदामध्येको दशौँ बुँदा बोलेको थियो, ‘जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निम्ति चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ ।’

    माओवादी युद्धमै हुँदा यता राजदरबार हत्याकाण्ड भई नयाँ राजा (ज्ञानेन्द्र शाह) सत्तामा आए । सत्तामा आएको एक वर्ष चार महिनापछि अर्थात् ०५९ असोज १८ गते उनले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासनसत्ता आफ्नो हातमा लिए ।

    भर्खरै (०५९ असोज ६ गते) पार्टी फुटाएर (प्रजातान्त्रिक कांग्रेस बनाएर) सत्ताको आरोहण गरेका देउवालाई ठूलै झट्का भयो । यसपछि संसद्वादी दलहरू मिलेर आन्दोलनको झोँक्का उठाउन कोसिस गर्न थाले । तर कांग्रेस फुटेको, राजा निरंकुश हुँदै गएको, माओवादीको शक्ति बढ्दै गएको र ऊ राजासँग पनि निकट हुन खोजेको अवस्थामा संसद्वादी दलहरूको आन्दोलनले गति लिएन । त्यो आन्दोलन रत्नपार्कबाट वसन्तपुर नपुग्दै छिन्नभिन्न हुन्थ्यो । संविधानसभाको आधार

    भर्खरै (०५९ असोज ६ गते) पार्टी फुटाएर (प्रजातान्त्रिक कांग्रेस बनाएर) सत्ताको आरोहण गरेका देउवालाई ठूलै झट्का भयो । यसपछि संसद्वादी दलहरू मिलेर आन्दोलनको झोँक्का उठाउन कोसिस गर्न थाले । तर कांग्रेस फुटेको, राजा निरंकुश हुँदै गएको, माओवादीको शक्ति बढ्दै गएको र ऊ राजासँग पनि निकट हुन खोजेको अवस्थामा संसद्वादी दलहरूको आन्दोलनले गति लिएन । त्यो आन्दोलन रत्नपार्कबाट वसन्तपुर नपुग्दै छिन्नभिन्न हुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑