दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।