बारा । बारा प्रहरीले भन्सार छलीको १ लाख २५ हजार रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको छ।प्रहरी चौकी कचोर्वा सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले १० हजार मुल्य बराबरको ६० किलो माछा, ४ हजार मुल्य बराबरको १ बोरा जुत्ता, १० हजार मुल्य बराबरको ३ झोला चुरा, २० हजार बराबरको ३ बोरा कस्मेटिक समान र ६ हजार मुल्य बराबरको ६ वटा अटैची नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले रौतहटबाट काठमाडौँ तर्फ जाँदै गरेको बा प्र -०३-००१ ख २९६१ नंबरको बसबाट बिल नभएको ७५ हजार बराबरको १२५० किलो प्याज नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । यात्रु बाहक बसलाई गन्तव्य तर्फ जान दिइएको र नियन्त्रणमा लिएको समानलाई आवश्यक कारवाही गर्न भन्सारमा पठाएको प्रहरीले जनाएको छ ।