वीरगंज | वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ मुर्लीकाे नयाँ टोलमा नवनिर्मित मदर्सा भवनको पूर्व वन तथा वातावरण मन्त्री प्रदिप यादवले उद्घाटन गरेको छन् ।
नवनिर्मित मदर्सा रिजविया ईशलाउल मुस्लेमिनको भवनको पर्सा निर्वाचन क्षेत्र १ का संघीय सांसद समेत रहेका पूर्वमन्त्री यादवले शनिबार रिवन काटेर उद्घाटन गरेका हुन् ।त्यससंगै भवनको मुल गेटमा निर्माण गरिएको सिलालेखको समेत उनले अनावरण गरे ।त्यसअवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाेपनि विशेष उपस्थिति रहेकाे थियाे।
सांसद यादवको संसदीय कोषको १० लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कूल २० लाख रुपैयाँको लागतमा उक्त मदर्शा भवन निर्माण गरिएको हाे।
उद्घाटनपछि भवनमै स्थानियहरुसँग छलफल गर्दै सांसद यादवले समुदायिक भवनको रुपमा समेत प्रयोग गर्न सक्ने भवनको बिजुली वत्तीको व्यवस्थापन एवं माथिको तल्लाको निर्माणमा समेत आफ्नो सहयोग एवं पहल रहने आश्वासन दिए । उनले विकासको काममा वाडाबासी एकजुट भएर अगाडी बढनु पर्नेमा जोड दिए ।
कार्यक्रममा भवन निर्माण भएकोमा स्थानियलाई बधाई दिदै वीरगन्ज महानगरपालिका मेयर सिंहले वडाको समग्र विकासमा थप कामहरु अगाडी बढाउने प्रतिब्धता व्यक्त गरे ।
भवनको उद्घाटनपछि स्थानिहरुको आग्रहमा सांसद यादव एवं महानगरका मेयर सिंहले मदर्सा पछाडी रहेको टोलको अनुगमन गदै बाटो व्यवस्थापन एवं पानी निकासको लागि नाला निर्माणको बिषयमा पनि स्थानियहरुसँग छलफल गरेका थिए ।अनजुमन सदर सैयद अंसारी एवं सेकेट्री नेजामोदिन मास्टरको अध्यक्षता एवं पूर्वमन्त्री यादवको प्रमुख आथित्यामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मेयर सिंह, पूर्ववडा अध्यक्ष तुफान अन्सारी, नुनआलम अन्सारी, नयाँ टोल स्पोर्ट क्लबका अध्यक्ष फारुख अन्सारी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।