पर्सामा ट्राफिक प्रहरीले चेकजाँचको बहानामा अवैध रुपले रकम असुल्दै आएका छन। पर्साको परवानीपुरमा रहेका ट्राफिक प्रहरीले चेकजाँचको बहानामा सवारीसाधनहरु सित पैसा उठाईरहेको समाचार प्राप्त भएको छ । ट्राफीक प्रहरी का प्रहरी नायब निरीक्षक भीम बोहरा अहिले आईसिपी भन्सार र सुख्खा बन्दरगाह बाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने अथवा विभिन्न सवारीसाधनहरुबाट ट्राफिक प्रहरीले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको एक चालकले बताएका छन्।
सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै मुख्य बाटोमै मालबाहक सवारीसाधनहरुलाई रोकी रकम असुली गर्दे आएको खुलेको छ। मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत परवानीपुरमा लगाएत विभिन्न ठाउँमा रहेका कलकारखानाहरु बाट ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ड्राईपोर्ट र परवानिपुरमा ईन्चार्जहरु परिवर्तन हुने गरेको छ।
एक भारतिय चालकले भने ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले राेकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको डर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको अर्को चालकहरूले बताएका छन्। अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया र जिल्ला ट्राफिक कार्यालय पर्साको प्रमुखहरुको नाऊमा समेत रकम असुल्ने गरेको स्रोतले जनाएको छ। यस्ता गतिविधि हुँदै आएपनि ट्राफिक कार्यालय मधेश प्रदेशका प्रमुख र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख दुबै जना कानमा तेल हालेर बस्नु शंकाको बिषय बनेको छ।यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।