वीरगंज | पर्सा जिल्ला मात्र नभई मधेस प्रदेशको पुरानो अस्पतालको रुपमा रहेको वीरगंजको नारायणीय क्षेत्रिय अस्पतालका
कर्मचारीहरुले स्वास्थ्य क्षेत्रलाई कमिसनको व्यपार बनाउदै गरेको एक घटनाले उजागर पारेको छ। नारायणी श्रेणि अस्पतालमा उपचार
गराउन आउने बिरामीलाई कमिसनकै भरमा प्राइभेट अस्पतालमा पुरयाइने गरेको घटना बाहिरिएको कारण कर्मचारीहरुले स्वास्थ्य क्षेत्रलाई
पनि कमिसनको व्यापार बनाउदै गरेको बारे उजागर भएको हो !
गत सोमवार एकाबिहानै उपचार गराउन नारायणी क्षेत्रीय अस्पताल पुगेका बिरामीलाई केहि चेकजाच नै नगरी प्राइभेट अस्पतालमा लग्न अकास्मीक सेवामा खटिएका कर्मचारीले सुझाव दिएका थिए। एक सय दुई डिग्री ज्वरो आएर उपचार गराउन नारायणी क्षेत्रीय अस्पताल पुगेका बिरामीको अभिभावकलाई अस्पताल छेउमै रहेको कृष्ण अस्पतालमा लग्न सुझाव दिएका थिए। अभिभावकका अनुसार बालकलाई ज्वरो आएको थियो, उपचार गराउन नारायणी क्षेत्रीय अस्पताल पुगेका थिए। नारायणी क्षेत्रीय अस्पतालको अकास्मीक सेवामा आफुलाई डाक्टर बताउने बिरजु बैठा नामक गरेका कर्मचारी थिए। उनले बिरामीको मात्र फिबर चेक गरी कृष्ण अस्पतालमा रेफर गरे, उनले भने ।
अचानक रेफर गरेको देखेर कर्मचारी बिरजु बैठा संग प्रश्ण गर्दा, तपाईको बिरामीलाई यहा चेकजाच गर्न नसकिने भएकोले कृष्ण अस्पतालमा रेफर गरिएको बताए । उनको जवाफ सुनेर डराउदै कृष्ण अस्पतालमा उपचार गराउन बाध्य भएको बिरामीको अभिभावकले यस अनलाइन
माझ दुखेसो पोखे । उनका अनुसार कृष्ण अस्पतालमा उपचार गराइ रहदा पटक पटक नारायणी क्षेत्रीय अस्पतालको आकस्मीक सेवामा
खटिने बिरजु बैठा सोही कृष्ण अस्पतालमा देखा पर्न थालेपछि शंका लागेर आफ्नो बिलको बिषयमा बुझन खोजे। तर कृष्ण अस्पतालका
कर्मचारीहरु आफ्नो बिल के कति भएको बारे केही जानकारी दिन मानेन्न।
उल्टे तपाईको बिरामीको उपचार भइने रहेको अवस्थामा किन के
कति बिल भएको बारे किन सोच्नु पर्यो भनेर जवाफ पल्टाउदै पन्छिन खोजे । अन्तः बिरामीको उपचार पक्षात दिनमा पनि पाच घण्टा पश्चात मात्र बिल उपलब्ध गराइयो तर ज्वरोको उपचार खर्च ४५ हजारको काटियो । बारा जिल्लाको परवानिपुर गाउपालिका वडा नम्बर ३ निवासी सिकेन्द्र रामले आफ्नो भतिजि सृष्टि कुमारीको ज्वरो उपचार खर्चमा ४५ हजार खर्चिनु परेको दुखेसो सुनाए। उनका अनुसार डाक्टरले आफ्नो कमिसनको कारण नारायणी क्षेत्रीय अस्पतालमा उपचार नगरी प्राइभेट अस्पतालमा पठाएको आरोप लगाए ।