बारा । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ गते १० करोड ३३ लाख ७५८ रूपैयाँ हानिनोक्सानी पुगेको भन्दै ८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । अदालतले साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित दुई जनालाई कैद सजायको फैसला गरेको हो । अदालतले अन्य ६ जना लाई सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै प्रदेश सचिव यामप्रसाद भुसाल र सि.डि.ई. भगवान झालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय तोकेको हो। दुबै जनालाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।