जनकपुरधाम- राष्ट्रियसभाको मतदानको दिन जनकपुरधाम बन्द गराउँदै हिँडेका ६६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै उनीहरूले एउटा गाडीमा तोडफोडसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए जनकपुरधामको विभिन्न चौकबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३६ जना पुरुष र ३० जना महिला रहेका छन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस प्रदेश बन्द गरेकोमा त्यस्को खासै प्रभाव परेको छैन । राष्ट्रियसभा निर्वाचन केन्द्र रहेको जनकपुरधाममा उनीहरू बन्द गराउन खोज्दा पक्राउ परेका हुन् । यता, दुई पदका लागि मतदान जारी छ । मधेसमा अन्य र महिला गरि दुई पदका लागि ५ जना उम्मेदवार हुन् ।