• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अस्पताल सञ्चालकको भारतमा रहस्यमय मृत्यु, हत्या भएको परिवारको आशंका

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार १४:३२
  • १८०५

    वीरगंज | नेपाल-भारत सीमाको भारतीय बजार बथनाहामा अस्पताल सञ्चालन गर्दै आएका विराटनगरका रविनकुमार रायको व्यापारिक साझेदारहरूले नै हत्या गरेको आरोप परिवारले लगाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० तीनटोलिया शान्तिचोक घर भएका रायको शनिबार बथानाहा वीरपुर चोकमा हत्या भएको भन्दै परिवारले भारतीय प्रहरीलाई उजुरी दिएका छन्।राय भारतको अररिया जिल्लास्थित बथनाहा वीरपुर चोकमा ‘विराट दिव्य दृष्टि जनरल हस्पिटल’ सञ्चालन गर्थे। पत्नी रानीकुमारी रायको नाममा दर्ता रहेको अस्पतालका अन्य केही साझेदारहरूले उनको हत्या गरेको आरोप पत्नी रानीले लगाएकी छन्।

    रविनकी पत्नी रानीका अनुसार अस्पतालमा विराटनगरकै इमरान शेख भन्ने व्यक्ति पनि साझेदार छन्। इमरानको १८ लाख रुपैयाँ फिर्ता गरेर अस्पताल एकल साझेदारीमा सञ्चालन गर्ने क्रममा विवाद सुरू भएको उनले बताइन्। फिर्ता गर्ने रकम आफूसँग नभएपछि रविनले विराटनगरकै खगेन्द्र थापासँग महँगो दरमा मिटरब्याजमा पैसा लिएको र घटना भएको दिन शनिबार खेम थापासहित १० जना एउटा स्कार्पियोमा बथनाहास्थित अस्पतालमा आएको रानीको भनाइ छ। ‘उनीहरू हस्पिटलमा आएपछि मेरो श्रीमानलाई छलफलमा लैजाने भन्दै हस्पिटलको चौथो तलामा लिएर गएका थिए,’ रानीले भनिन्, ‘हामीलाई भने तेस्रो तलामा ढोका लगाएर थुनिदिए। तत्कालै प्रहरीलाई खबर गर्‍यौं, प्रहरी पनि आयो। तर आएको केहीबेरपछि नै चौथो तलाबाट मेरो श्रीमानाई तल झारिदिए।’

    चौथो तलाबाट धकेलेर रविनको हत्या भएको रानीको दाबी छ। उनकाअनुसार यो घटना शनिबार साँझ ५ बजेतिरको हो। उनले आफ्नो श्रीमानलाई कुटपिट गरेर छतबाट खसाएर हत्या गरेको दावी गरेकी छन्।‘मेरो श्रीमानलाई तिनै मान्छेले मारे जसले माथिल्लो तलामा लिएर गएका थिए,’ उनले भनिन्, ‘हामीले आइतबार नै घटना भएको स्थान भारतको अररिया जिल्लाअन्तर्गतको बथनाहा प्रहरी पोस्टमा किटानी जाहेरी दिएका छौं।’ परिवारको तर्फबाट भारतमा प्राथमिक रिपोर्ट गर्ने लगायतको काम सकिएको मृतकका छिमेकी सन्तोषकुमार रायले बताए।

    मृतक रविनकुमारले फर्मासिस्ट र जनस्वास्थ्यमा स्नातक गरेका थिए। केही समय उनले विराटनगरकै अस्पताल चोकमा आस्था फार्मेसी पनि सञ्चालन गरेका थिए। उक्त फार्मेसीलाई उनले डा. उत्तर मैनालीको सम्पर्क केन्द्र बनाएका थिए। डा. मैनाली थप अध्ययनका लागि बाहिर गएपछि भने उनको क्लिनिक चल्न कम हुँदै गएको उनका नातेदारसमेत रहेका छिमेकी रायले बताए। भारतमा घटना भएकाले नेपाल प्रहरीले उजुरी लिन नमानेको परिवारले जनाएको छ। मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले मृतक परिवारलाई भारतीय प्रहरीमा उजुरी दिन भनिएको बताए।‘परिवारजन उजुरी दिन आउनुभएको थियो। हामीले लिन नमिल्ने भनेका हौं। मृत्यु भारतीय भूमिमा भएका कारण त्यहीँ उजुरी दिन भनेका हौं। यहाँ हामीले उजुरी नलिएकै हो,’ उनले भने, ‘तर भारतीय प्रहरीले अनुसन्धानका लागि हाम्रो सहयोग माग्यो भने हामीले सहयोग यताबाट गर्छौं भनेका छौं।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑