बारा । बाराको महागढीमाई नगरपालिका स्थापना भएको ७ वर्ष पछी आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । नगरपालिकाको प्रशासनिक भवनको संघिय सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उनले कम लागतमा बनेको भवनका लागी धन्यवाद दिदै जनतालाई त्यतिकै सहजताका साथ सेवा दिने भने विश्वास व्यक्त गरेका छन ।
उद्घाटन कार्यक्रममा नगरपालिकाले एमबीबीएस तथा विडिएसमा पूर्ण छात्रवृत्ति तर्फ नाम निकाल्न सफल भएका प्रिति गुप्तालाई २ लाख तथा साहिल जैसवाल,रौशन कुमार जैसवाल,रोहित कुमार लहेरा,साहजाद अन्सारी र आनन्द साहलाइ १/१ लाख बिद्यार्थीहरुलाई नगद प्रदान गरेको छ ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिकाकी उपप्रमुख तारादेवी,नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादव,नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संघीय सांसद अजय चौरसिया,बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,नेपाली कांग्रेस बाराका उपसभापति मनोज भट्ट, उपसभापति अमिरिलाल पाल, नेपाली कांग्रेस पार्टी बाराका सचिव भैयाराम यादव, सचिव राजेश रौनियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत विजयप्रसाद कुशवाहा, नगरपालिका का वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु , नेपाली कांग्रेस मधेस प्रदेश संगठनका विभागका सदस्य राजेश सिंह,विद्यालयका प्रधानाध्यापक,नगर प्रमुख, गाउँपालिका अध्यक्ष, कर्मचारी, सन्चारकर्मी, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । उक्त प्रशासकीय भवन ३ करोड ९५ लाखको लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ ।