वीरगंज | वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले भगवान् श्रीरामकाे दर्शन अब वीरगन्जमै हुने भएकाले अयाेध्या जान नपर्ने बताएका छन् । वीरगन्ज-१०घडिअर्वास्थित रामजानकी मन्दिरमा साेमबार प्राण प्रतिष्ठापछि आयाेजित झाँकी कार्यक्रममा बाेल्दै मेयर सिंहले भने,`
प्रभु रामको दर्शन गर्नुपरे अब भारत जानु पर्दैन वीरगन्जको घडिअर्वा पोखरी आए हुन्छ । भगवान् श्रीरामको घर हेर्न भारतको अयोध्या जानुहोला तर दर्शन वीरगन्जमै गर्न सकिन्छ।´
करिब चार दशकदेखि व्याक्तिकाे कब्जामा रहेकाे ७५ वर्ष पुरानाे रामजानकी मन्दिरलाई महानगरपालिकाले अतिक्रमणमुक्त बनाई पुनर्निर्माण र साैन्दर्यकरण गरेर साेमबार भगवान् श्रीराम, सीता र हनुमानकाे प्राण प्रतिष्ठा गरिएको थियाे । उक्त अवसरमा सहभागी भक्तजनहरुलाई सम्बाेधन गर्दै मेयर सिंहले रामजानकी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेपनि बताए।रामजानकी मन्दिरपश्चात अब गीता मन्दिर छेउमा रहेकाे गणेश मन्दिर र त्यसकाे जग्गालाई पनि अब महानगरले अतिक्रमण मुक्त बनाउने घाेषणापनि उनले गरे ।
महानगरमा वर्षाैदेखि व्याक्तिका कब्जामा रहेका मठमन्दिरलाई अतिक्रमण मुक्त बनाएर साैन्दर्यकरण गरेर वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्ने अभियानमा आँफु लागिपरेकाले यसमा महानगरबासीकाे साथ र सहयाेगकाे खाँचाे रहेकाे मेयर सिंहले बताए। त्यसअवसरमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम,वीरगन्ज १० का वडाध्यक्ष सुशील कुमार साह , नेकपा एकिकृत समाजवादीका वीरगन्ज अध्यक्ष मनाेज चाैधरी,पत्रकार ध्रुब साह लगायतकाेपनि उपस्थिति थियाे।