• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको ड्राइपाेर्टमा कर्मचारी र व्यपारीकाे सेटिङमा गलत धन्दा

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार १२:१२
  • ११३७

    वीरगंज | वीरगन्जकाे सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याउने गरिएको खुलासा भएको छ । ठूला व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिको मिलेमतोमा यस्तो धन्धा चलेको पोल खुल्न थालेपछि अहिले यो प्रकरणलाई गुपचुप पार्न खोजिएको छ । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कूटरलगायत अन्य सामान फेला परेपछि ड्राइपोर्टदेखि भन्सार विभागसम्म खैलाबैला मच्चिएको छ ।

    भन्सार विभागको टोलीले पटकपटक वीरगन्ज आएर कन्टेनर खोल्ने र जाँचबुँझको काम गरिरहेको छ । यस्ता कन्टेनरमा शुरूको तहमा घोषणा गरिएअनुसारको सामान र त्यसपछि अन्य सामान भेटिएको छ । गिरोहले भन्सारको हरियो लेनमा जाँचपास हुने वस्तु घोषणा गरेर प्रतिबन्धित सामान भित्त्याउने गरेको खुलासा भएको छ । भन्सारमा भित्रिएका मालसामानको हरियो, पहेंलो र रातो लेनमा जाँचपास हुन्छ । हरियो लेनमा आउने वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेंलोमा कागजातको जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेरमात्रै छोडिन्छ । ‘यसमा अनुसन्धान भइरहेको छ । भन्सार विभागबाट टोली आएर अनुसन्धान गरिरहेको छ । यो धन्धामा जोजो संलग्न छन्, सबै कारबाहीको दायरामा आउँछन्,’ भन्सार विभागका एक अधिकारीले भने ।

    ड्राइपोर्टमा वर्षौंदेखि अलपत्र छोडिएका कन्टेनर लैजान ड्राइपाेर्ट भन्सारले गत मङ्सिर १० गते सूचना निकालेर प्रक्रिया अगाडि बढाएपछि यस्तो रहस्य खुलेको हो । २०७६ चैतदेखि राखिएका कन्टेनरको जाँचपास नगराए जफत हुने सूचना निकालेर प्रक्रिया अघि बढाएको थियो । २०७६ चैतमा सरकारले केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यसरी प्रतिबन्ध लगाएको बेला तत्कालीन सत्ता राजनीति, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा यो काम भएको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए । ‘तलदेखि माथिसम्म सेटिङ नभई यो हदसम्मको बदमासी हुनै सक्दैन । यो सबै मिलेमतोमै भएको हो,’ ती मालसामान भित्रिँदाताका भन्सार विभागमा कार्यरत एक अधिकारीले भने ।

    ‘शुरूको केही समय सेटिङमा यो धन्धा निर्बाध रूपमा चले पनि व्यापारीले ‘शर्तभन्दा बढी’ सामान भित्त्याउन थालेपछि कन्टेनर रोकिएका हुन्,’ उनले भने । अहिले ड्राइपोर्ट भन्सारले फरक वस्तु घोषणा गरेर मालसामान भित्त्याउने आयातकर्तालाई उपस्थित हुन पत्र काटेको छ । भन्सारले यही माघ पहिलो साता पनि आधा दर्जन आयातकर्तालाई ७ दिनको समय दिएर उपस्थित हुन भनेको छ । भन्सार हातामा प्रवेश गरेको ६० दिनभित्र मालसामान जाँचपास गराइसक्नुपर्ने प्रावधान भन्सार ऐनमा छ । यो समयभित्र जाँचपास नगराए जफत गर्न सकिने व्यवस्था छ । वर्षौंदेखि बन्दरगाहमा अलपत्र छोडिएका ४ सयभन्दा बढी कन्टेनरको जफत प्रक्रिया भन्सार प्रशासनले अघि बढाएपछि सेटिङमा चलेको यस्तो धन्धाको पोल खुलेको हो ।

    ड्राइपोर्ट भन्सारमा सरुवा भएर आएलगत्तै प्रमुख भन्सार अधिकृत डा. रामप्रसाद मैनालीले यो सूचना निकालेका हुन् । शुरूमा यसबारेमा सूचना सार्वजनिक गरे पनि पछिल्लो समयमा भन्सार नै सूचना लुकाउन लागिपरेको छ । सूचना अधिकारी सुशील शर्मालाई यसबारेमा सोध्दा ‘अनुसन्धानमा रहेको’ भन्दै केही बताउन चाहेनन् । ‘विभागले नै सबै हेरिरहेको छ । अनुसन्धान पूरा नहुँदासम्म केही पनि भन्न मिल्दैन,’ उनले भने । यो प्रकरणमा ड्राइपोर्ट भन्सारका तत्कालीन अधिकारीदेखि भन्सार विभागसम्मका पदाधिकारी तानिने भएपछि सूचना लुकाउन थालिएको हो । यसमा मुछिएका व्यापारिक घरानाहरूले प्रकरण सामसुम बनाउन सत्ता राजनीतिको ‘उच्च तह’को नाममा दबाब दिइरहेको भन्सारका एक अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑