• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीको जयपुरमा राम ललाले पाए आफनो घर

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार ११:३१
  • १९५३

    वीरगंज । सर्लाही जिल्लाको गोडैता नगरपालिकाको जयपुर गाउँमा बर्षौ देखि निजी जग्गामा रहेका मन्दीर रामकै नाममा पास गरेपछि भगवान राम ललाले अन्यत्र घर पाएका छन् । गोडैता नगरपालिका वडा नम्वर २ जयपुरमा भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको शुभ अवसरमा निजी जग्गामा रहेका राम मन्दिरलाई अन्य बनाउन करिव ३० लाख मूल्य बराबरको जग्गा स्थानीय रामनारायण महतोले दान गरेपछि भगवान राम ललाको घर स्थानीयहरुले रातारात बनाइदिएपछि उनले आफनै घर पाएका हुन् ।

    पुर्खाहरुको समयदेखि नै मन्दिर निजि जमिनमा रहिआएको स्थानीय अन्दाजी ९२ बर्षिय बृद्ध रामचन्द्र महतो बताउँछन् । बर्षौदेखी निजि जमिनमा रहेको मन्दिरले आफनै जग्गा पाएपछि उहाँले खुशी व्यक्त गरे । महतोका अनुसार आफु बाल्यकाल देखि नै मन्दिर साविक ठाउँमा रहेको थियो तर जमिनदाताका आफन्त तथा नातिहरुले जग्गालाई मन्दिरको नाममा रजिस्ट्रेशन पास नगरेपछि मन्दिर अन्यत्र सार्वजनिक ठाउँमा सार्नुपर्ने स्थानीय स्तरमा आवाज उठदै आएको थियो । स्वर्गीय भगवान महतोले आफनै जमिनमा मन्दिर निर्माण गरेको स्थानिय किशोरी महतोले बताए । उनको मृत्यु पश्चात स्थानीयवासीहरुले उनको नाति तथा आफन्तलाई मन्दिरको जमिनलाई मन्दिरकै नाम पास गर्न ताकेता गर्दै आएको थियो । उनको आफन्तको चौथौ र पाचौं पुस्ता सम्म आईपुग्दा पनि उनिहरुले जमिन मन्दिरको नाममा पास गराउन असहमती जनाउदै आएका कारण अन्यत्र ठाउँमा राम मन्दिर सारिएको उनले भने ।

    राम मन्दिरले आफनै जमिन पाएपछि मन्दिरका महन्थ रामस्नेही दास पनि अति नै प्रशन्न देखिए । उहाँसंग कुराकानी गर्दा खुशिले गदगद भएका महन्थ भगवानले आफनो घर बनाउन जग्गा पाएका खुशिलाई शब्दमा मार्फत बयान गर्न सकिरहेका थिएन । जयपुर राम मन्दिरमा महन्थ रामस्नेही १० बर्षकै कलिलो उमेरमा आएका थिए । महन्थका अनुसार गाउँमा विद्यालय निर्माण नहुदाकै समय त्यसबेला कक्षा २ भर्ना हुदादेखी यो मन्दिर पुर्व महन्थको चेलाको रुपमा बस्दै आएका उहाँपनि अहिले उमेरले ९० पार गरिरसकेका छन । बाल्यकालदेखि नै मन्दिरमा रामको प्रतिमालाई भगवान स्वरुप पुजा तथा सेवा गर्दै आएको उहाँ भगवान रामसंग नै जीवन र मरणको सम्बन्ध बनाएको छु, महन्थले बताए । जिउदो रहेसम्म राम मन्दिरलाई छोडेर अन्य मन्दिरमा नजाने शर्तमा रहेका थिए । शनिबार राती भएको बैठकमा महतोले राम मन्दिरको उदघाटनकै दिन मन्दिर सारिने शर्तमा जमिन दान दिन तयार भएको र आईतवारको बिहान १० बजे जमिन दिने अन्तिम टुंगो लागेपछि स्थानीयवासीले एकाएक ३–४ फिटको खाल्डो जमिनलाई डोजरले पुरेर रातदिन काम गरि मन्दिरका लागि काठको घर निर्माण गरेका हुन ।

    मठका घर निर्माण तथा नवनिर्मित मठमा रामनाम जप सहितको पुजाका लागि गाउँवासीहरुले चन्दा उठाएर श्रमदान गर्नुको साथै काठ, बाँस, सिमेन्टको खम्बा, दुध, चामव, दाल लगायत पुजा सामग्री निशुल्क उपलब्ध गराएका छन । आज बिहान हजारौंका संख्यामा कुमारी कन्याबाट कलश यात्रा निकाली मन्दिर निर्माण स्थलमा पुजा पाठ सुरु गरिएको छ । मन्दिर स्थलको बाकी जमिनमा महारानी, ब्रम्ह् बाबाको मन्दिर निर्माणको तयारीमा स्थानीयवासी रहेका छन । यी मन्दिरहरु समेत निजि जमिनमा हुँदा समय समयमा पुजा गर्ने, महारानी स्थानमा बलि दिने, ब्रम्ह् बाबा मन्दिर जाने बाटो नहुदा लगायतका विषयमा विवाद हुँदै आएको थियो । मन्दिर दर्शन गर्न आएका प्रदेश सांसद फकिरा महतोले मन्दिर निर्माणका लागि तत्काले २५ लाख बजेट विनियोजन गर्ने आश्वासन दिए । गोडैता नगरपालिकाका मेयर समेत दर्शन गर्न आउने कार्यक्रम रहेको मठ निर्माण समितिले जनाएको छ । अयोध्यामा राम मन्दिर उदघाटन तथा गाउँमा सार्वजनिक जमिनमा राम मन्दिर निर्माणको उपलक्ष्यमा गाउँवासीहरु घरघरमा भक्तहरूले व्रत बसेका छन भने गाउँ भरी हर्षोउल्लासका दिपावली मनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑