• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा राम नामको उग्रता र नेपालमा सनातनीको चिन्ता

  • वीरगंज संजाल
  • ९ माघ २०८०, मंगलवार ११:२८
  • ११४९

    वीरगंज भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्नेगरी आज भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान रामको प्राणलाई मूर्तिमा सारिएको छ । प्राण प्रतिष्ठालाई भारतले –बिशेषतः भारतीय जनता पार्टीले आफ्नै प्रतिष्ठाको रुपमा हेरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राण प्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रुपमा ब्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो । वावरी मस्जीदको अवसान र रामको प्राण प्रतिष्ठाले नेपालमा पनि गहिरो असर देखाउने लगभग निश्चित छ ।

    तर आज प्राणप्रतिष्ठा गरिएको राममन्दिर क्षेत्र अत्यन्त विवादित छ । अहिले भव्य मन्दिर बनाएको ठाउँमा सन् १९९२ अर्थात् ३२ वर्ष पहिले भव्य बाबरी मस्जिद थियो । यो मस्जिद १६ औँ शताब्दीमा बनेको मानिन्छ । मस्जिदमा तोडफोड हुनुअघि हिन्दुहरूले यो ठाउँलाई भगवान् रामको जन्मस्थान भनेर दाबी गरेका थिए । तर मुस्लिमहरूको पनि आफ्नै दाबी छ । उनीहरू भन्छन्, ‘केही व्यक्तिहरूले अन्धकार भएको मौका छोपेर रामका मूर्ति मस्जिदमा लगेर राखिदिए र त्यसको पूजा गर्न थाले अनि रामको जन्मभूमि भनेर षड्यन्त्र गरे ।’

    विवादको जरो र भाजपाको जन्म २० औँ शताब्दीको शुरुदेखि नै भारतमा हिन्दु र मुसलमानबीचको विवाद बढ्यो । यो विवादमा राजनीति घुस्यो । स्वतन्त्रताको लडाइँ बलियो हुँदै जाँदा सन् १९२० पछि भारतमा हिन्दु धर्मका उग्र अनुयायीले सङ्घ–संस्था खोल्न थाले । सन् १९२३ मा विनायक दामोदर सावरकरले हिन्दु धर्मको उग्र पक्ष र मुसलमानहरूविरुद्ध घृणाको भाव सँगै फैलाएको इतिहासमा उल्लेख छ । सावरकरबाट प्रभावित भएर सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) गठन भयो । आरएसएसले मुसलमानको नाम सुन्न समेत चाहन्न । सन् १९४७ मा बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराएपछि महात्मा गान्धीले भारतमा सबै धर्मका मानिस मिलेर बस्नुपर्छ र छुट्टिएको पाकिस्तानलाई पनि जोड्नुपर्छ भन्ने अभियान चलाउन थालेका थिए । आरएसएसको शिक्षा दीक्षामा हुर्केका उग्र हिन्दुवादी नाथुराम गोड्सेले सन् १९४८ जनवरी ३० मा गोली हानेर सनातन हिन्दु धर्मका अगुवा महात्मा गान्धीको हत्या गरे ।

    गान्धीको हत्यापछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले धर्मनिरपेक्षतालाई बलियो पार्ने प्रयास गरे । तर नेहरुले नेतृत्व गरेको भारतीय कांग्रेसले लिएको धर्मनिरपेक्षताविरुद्ध र हिन्दुत्वको पक्षमा आरएसएसको सहयोगमा सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीले भारतीय जनसङ्घको स्थापना गरे । १ वर्षपछि सन् १९५२ मा भएको चुनावमा जनसङ्घले लोक सभाका ३ सिट जित्यो । सन् १९६७ मा पुग्दा जनसङ्घ अरू दलसँग गठबन्धन गरेर बिहार, मध्यप्रदेश र उत्तर प्रदेशमा सरकार बनाउन र ढाल्न सक्ने गरी बलियो भयो । त्यसको ८ वर्षपछि सन् १९७५ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लगाएको मौकामा जनसङ्घले देशभर आन्दोलन मात्र चर्काएन, जनसङ्घको नाम बदलेर जनता पार्टी बन्न गयो । पाँच वर्षपछि सन् १९८० को अप्रिलमा जनता पार्टीको नाम भारतीय जनता पार्टी अथवा अहिलेको भाजपा बन्यो । भाजपा बलियो हुँदै गएपछि हिन्दु धर्मको नाममा उग्रता बढ्दै गयो, हिन्दु सनातनीहरू कमजोर हुँदै गए ।

    अयोध्यामा रामको मन्दिर र बाबरी मस्जिद भाजपाको पहिलो पुस्ताका लालकृष्ण आणवाणी गृहमन्त्री र अटल बिहारी बाजपेयी प्रधानमन्त्री भएका बेला उनीहरूले हिन्दु धर्मको उग्रता अरू बढाए । सन् १९९० मा गुजरातदेखि अयोध्यासम्म राम रथयात्राको नेतृत्व लालकृष्ण आडवाणीले गरेका थिए । त्यो रथयात्राको मुख्य संयोजक थिए भाजपाको गुजरातका शक्तिशाली नेता तथा भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी । त्यो रथयात्रापछि सन् १९९२ मा भाजपाका हजारौँ कार्यकर्ताले उत्तर प्रदेशको अयोध्यामा रहेको राममन्दिर नजिकैको बाबरी मस्जिद भत्काइदिए । देशभर साम्प्रदायिक हिंसा भड्कियो । २ हजार जनाले ज्यान गुमाए । मुम्बईमा मात्रै ९ सय जना मारिए । प्रहरीले समेत हिन्दुको पक्ष लिएको आरोप लाग्यो । सन् २००१ देखि १४ सम्म गुजरातको मुख्यमन्त्री रहेका मोदी सन् २०१४ देखि निरन्तर भारतका प्रधानमन्त्री छन् । २०१९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको ठाउँमा राममन्दिर बनाउन पाउने फैसला गरेपछि मोदीकै सक्रियतामा राममन्दिरको निर्माण शुरु भएको हो ।
    राममन्दिरको निर्माण अहिले पनि अपूरै छ तर आउँदो अप्रिल र मे अर्थात् वैशाख र जेठ महिनामा हुने चुनावमा हिन्दु मतदाताको भोट भाजपाको पक्षमा पार्न मोदीले आजै मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न गरेका छन् । आजको पूजामा मोदी जति सक्रिय देखिन्थे, उत्तिकै सक्रिय थिए आरएसएसका अध्यक्ष मोहन भागवत । यसले के पुष्टि गर्छ भने भाजपा र अति हिन्दुवादी संस्था आरएसएस सँगसँगै छन् ।

    मोदीले धर्मलाई राजनीतिकरण गरेको र विधि मिचेको भन्दै देशका ४ वटै मठका शङ्कराचार्य प्राणप्रतिष्ठामा सहभागी भएनन् । विपक्षी नेता पनि गएनन् । तर रामको धुनमा भारतवासी मस्त भएकाले शङ्कराचार्य र धर्मनिरपेक्षताका पक्षधरहरूको अनुपस्थिति छायामा परेको छ । नेपालको नाता राममन्दिर र रामको प्राणप्रतिष्ठाले नेपालमा पनि राम्रै प्रभाव पारेको छ । भारतीय धर्म राजनीतिको सिको गर्दै कपिलवस्तुका ८ वटा र सप्तरीका २ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । धनुषा, बाँकेलगायत जिल्लाका ठाउँठाउँमा मोटरसाइकल र्‍याली निस्किए, भजनकीर्तन र पूजाआजा गर्न उर्दी नै जारी भएका छन् । नागरिक शीतलहरले कठ्याङ्ग्रिएका बेला बिदा नदिएका पालिकाले छिमेकको अयोध्यामा भइरहेको धार्मिक कार्यक्रमका अवसरमा बिदा दिनुलाई नेपालमा बढ्दो हिन्दु उग्रताको सङ्केतका रूपमा लिइएको छ । कतिपय पालिकाका जनप्रतिनिधिले उग्र हिन्दुवादी संस्थाको दबाबमा बिदा दिएको जानकारी सार्वजनिक गरेका छन् ।

    धनुषाको जनकपुर उपमहानगरका मेयर मनोजकुमार शाह र जानकी मन्दिरका महन्त रामरोशन दासले गरगहना, मिठाई, फलफूल, कपडा र भाँडाकुँडासहित ३ हजार वटा उपहारका पोका अयोध्या पठाएका छन् । रामको मूर्ति बनाउन भन्दै कालीगण्डकीका विशाल शिला ट्रकमा हालेर अयोध्या लगिएको थियो तर शिलाबाट मूर्ति बनाइएन, बरु राममन्दिरको गर्भगृहमा राखियो । नेपालको कालीगण्डकीबाट शिला लैजानेदेखि आजको प्राण प्रतिष्ठासम्मका सबै गतिविधिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको सक्रियतालाई धेरैले चर्चाको विषय ठानेका छन् । भारतमा हुने ठूला परिवर्तन र घटनाका बाछिटा नेपालमा सदियौँदेखि पर्दै आएका छन् । यसलाई नेपालमा स्वाभाविकै मानिन्छ । त्यसैले आज अयोध्यामा भएको रामको प्राणप्रतिष्ठाले नेपालका सनातनी हिन्दुहरूको मनोबल केही खस्केको र उग्र हिन्दुवादीको दबाब र प्रभाव बढेको देखिन्छ । यसको राजनीतिक लाभ लिन नेपालका राजनीतिक दलका नेताहरू त तँछाडमछाड गरिरहेकै छन्, नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने राजावादीहरू त अति नै उत्साहित छन् । अयोध्यामा बनेको राममन्दिर र प्राणप्रतिष्ठाले नेपालमा के प्रभाव पार्छ, अहिले नै भन्न सकिन्न । किनकि ‘दिल्लीमा पानी पर्दा काठमाण्डौमा छाता ओढ्ने’ कथन बन्न र नेपालमा लोकप्रिय हुन पनि दशकौँ लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑