• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लामो दुरीकाे सवारी साधनमा दोस्रो चालकको सट्टा ‘सय-पचास’

  • वीरगंज संजाल
  • ८ माघ २०८०, सोमबार २०:४९
  • १२१३

    वीरगंज | लामो दुरीका सवारी साधन बढी दुर्घटना हुन थालेपछि चालकमा थकान र उनीहरू निदाउनुलाई प्रमुख कारण मानियो। फलतः ट्राफिक प्रहरीले लामो दुरीका सवारी साधनमा अनिवार्य दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गर्‍यो। त्यसो त, यो व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मै व्यवस्था छ। यो ऐनको को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी चालक परिवर्तन भएर सवारी साधन चलाउनु पर्ने भन्ने उल्लेख छ।

    यो नियमलाई कडाइका साथ लागु गर्ने भनिए पनि अहिले लामो दुरीका अधिकांश सवारी साधन भने एकल चालकले हाँक्दै आएका छन्। दुई चालक राख्दा खर्च धान्न नकिने भन्दै लामो दुरीका सवारी साधन धनीहरूले एक मात्रै चालक राख्ने गरेको बताउँछन्। ‘दुई चालक राखेर सवारी साधन कुदाउँदा खर्च धान्न सकिन्न,’ एक सवारी साधन धनीले भने ‘अहिले गाडी लाइनमा कमाई निकै न्यून छ, घाटामा रहेका बेला दुई जना चालक राखेर कसरी गाडी कुदाउन सकिन्छ?’

    एक जना चालकले लामो दुरीका सवारी साधन हाँक्नुलाई प्रहरी गलत भन्छ। तर दुई जना चालक अनिवार्य लागु गर्न पनि सकिरहेको छैन। ‘मुस्किलले एकाध बसहरूमा दुई जना चालक होलान्,’ दाङदेखि काठमाडौँ चल्ने एक रात्रि बसका यातायात मजदुरले भने ‘दुई जना चालक राख्ने भन्ने त नियममा मात्रै हो, सबै बसहरूमा एक जना चालकले मात्रै हाँकिरहेका छन्।’ ट्राफिक प्रहरीले केही स्थानमा लामो दुरीका सवारी साधनमा दुई जना चालक भए नभएको चेकजाँच गर्छन्।

    तर दुई चालकहरू अनिवार्य राख्नका लागि दबाब दिँदैनन्। सानो तिनो रकममै कुरा मिलिहाल्छ। ‘कुनै कुनै ठाउँमा दुई जना चालक बारे सोधी खोजी हुन्छ,’ ती बसका मजदुरले भने ‘अर्को ड्राइभरको सट्टा पचास÷सय रुपैयाँ दिएपछि कुरो मिलिहाल्छ।’ ती मजदुरको बसमा पनि एकल चालक छन्। दुई जना चालक सोधी गर्ने ट्राफिक प्रहरीलाई उनले कैयन पटक सय÷पचासमै कुरो मिलाउँदै आएको बताउँछन्। ‘हाम्रो बसमा एक जना मात्रै चालक हुनुहुन्छ,’ उनले भने, ‘अर्को चालक खोजेपछि सौ पचास दिए काम चल्छ, हामीले लामो समय देखि यही गर्दै आएका छौँ।’

    नेपालगन्ज देखि काठमाडौँ चल्ने एक बसका मालिकले पनि आफ्नो बसमा एक जना चालक मात्रै राखेका छन्। उनलाई पनि लामो दुरीका सवारी साधनमा दुई चालक राख्नु पर्ने नियम बारे थाहा त छ। तर उनी भन्छन्, ‘दुई चालक राखेपछि खर्च कसरी धान्ने? खर्च धान्नै सकिन्न, अहिले गाडी लाइनमा आम्दानी नै छैन।’ तर राजमार्गमा हुने प्रहरी चेकजाँचमा दुई चालक बारे सोधी हुन्छ। यी मालिकले पनि अर्का चालकको सट्टा सय÷पचासको नोट दिन्छन् र गन्तव्य तर्फ जान छुट मिलिहाल्छ। ‘दुई चालक राख्न सकिने अवस्था छैन, एकै चालकले नै गाडी कुदाउने हो,’ उनले भने ‘बाटोमा हुने चेकजाँचका क्रममा हामीले दुई जना चालक देखाउन सक्ने कुरै भएन, अनि सौ पचास दिएर छुट्टी पाउँछौँ, हाम्रा अर्का चालक भनेकै सौ÷पचासका नोट बन्दै आएका छन्।’

    कतिपय लामो दुरीका सवारी साधनमा त चालक एकै हुन्छन् तर चालक अनुमति पत्र भने दुई वटा हुन्छन्। दोस्रो चालक अनुमति पत्र देखाएर कैयन सवारी साधन सजिलै चेकजाँचबाट उन्मुक्ति पाउँछन्। यस्ता लामो दुरीका सवारी साधनहरूमा चालक सँगै सहचालक वा कन्डक्टरको पनि सवारी चालक अनुमति पत्र हुन्छ। प्रहरीले चेकजाँचका क्रममा सोधी खोजी गरे यस्ता यातायात व्यवसायीहरूले उनै कन्डक्टर वा सहचालकको सवारी चालक अनुमति पत्र देखाउने गर्छन्। तर सवारी अनुमति पत्रधारी यस्ता सहचालक तथा कन्डक्टरहरु बस हाँक्न अनुभवी भने हुँदैनन्। ‘कुनै गाडीका खलासी वा कन्डक्टरहरुको पनि लाइसेन्स हुन्छ, यी लाइसेन्स चेकजाँचका क्रममा मात्रै काम लाग्छन्,’ ती बस मालिकले भने ‘लाइसेन्स भएका कन्डक्टर तथा सहचालकहरु सबै गाडी कुदाउने अनुभवी हुँदैनन्, उनीहरूको हात बसेकै हुँदैन, फलतः उनीहरूलाई सवारी साधन चलाउन दिए दुर्घटनाको झनै जोखिम हुन्छ।’

    यता यातायात व्यवसायी तथा मजदुरहरूले भने जस्तो चेकजाँचमा फितलो नभएको ट्राफिक प्रहरी दाबी गर्छ। काठमाडौँ भित्रने हरेक लामो दुरीका सवारी साधनमा दुई चालक भए नभएको बारे नागढुंगामा नियमित कडाइका साथ चेकजाँच भइरहेको ट्राफिक प्रहरी दाबी गर्छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले नागढुंगामा कडाइका साथ चेकजाँच भइरहेको र सबै सवारी साधनहरूमा दुई जना चालक रहेको दाबी गरे। ‘काठमाडौँ उपत्यका भित्रने लामो दुरीका सबै सवारी साधनहरूमा दुई जना चालक भए नभएको बारे नागढुंगामा कडाइका साथ चेकजाँच भइरहेको छ,’ प्रवक्ता भट्टले भने ‘यो चेकजाँचका क्रममा सबै सवारी साधनमा दुई चालक रहेको र उनीहरूले पालैपालो सवारी साधन चलाएको देखिन्छ।’

    प्रहरीका अनुसार २ सय ६० किलोमिटरको दुरी देखि बढी दुरीमा चल्ने सवारी साधनहरूलाई लामो दुरीका सवारी साधन मानिन्छ। यो दुरीमा चल्ने सवारी साधनहरू सबैले अनिवार्य रूपमा दुई सवारी चालकहरू हुनुपर्ने र उनीहरूले पालैपालो सवारी चलाएको देखिनु पर्ने हुन्छ।

    यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले हरेक सवारी साधनहरुएकै चालकले नभएर पालैपालो चलाउने व्यवस्था रहेको दाबी गर्छ। महासङ्घका सल्लाहकार सुरेश हमालले सवारी साधनमै रहने दक्ष जनशक्तिबाट पालैपालो सवारी साधन चलाउने व्यवस्था रहेको बताए। ‘भत्ता खाने गरेर छुट्टै अर्को चालकको व्यवस्था छैन, तर सवारी साधनमा रहने हेभि लाइसेन्सधारी जनशक्ति सहचालक वा परिचालकहरू हुन्छन्, चालक र सहचालक वा कन्डक्टरले पालैपालो सवारी साधन चलाइरहेको अवस्था देशैभरी छ।’ एकल चालक हुँदा चालक थाक्ने, वा निदाउने समस्या रहने हुँदा दुर्घटनाको जोखिम हुने भएकाले सवारी साधन सञ्चालन अनिवार्य रूपमा दुई जनाले पालैपालो चलाउनु पर्ने नियमलाई कडाइका साथ लागु गरिएको पनि उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑