• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग

  • वीरगंज संजाल
  • ८ माघ २०८०, सोमबार २०:२९
  • १२६५

    नेपालगञ्ज । भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
    धार्मिक पर्यटन प्रवद्र्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन् । भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गर्नाले पुण्य प्राप्त हुने पौराणिक मान्यता रहेको धार्मिक अगुवाको भनाइ छ ।

    उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले धार्मिक पर्यटनका लागि नेपालगञ्ज–जनकपुर हवाईमार्गसँगै स्थालमार्गलाई पनि प्रभावकारी बनाउन आग्रह गर्दै सातामा एउटा उडान भए पनि त्यसको धार्मिक पर्यटनमा दूरगामी असर पर्ने बताए ।

    उनले नेपालगञ्ज–जनकपुर र जनकपुर–काठमाडौँको एकीकृत हवाई मार्गले नेपालगञ्जको बजारलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै भारतको अयोध्यामा रहेको श्रीराम मन्दिर आउने लाखौँ पर्यटकलाई नेपालगञ्ज हुँदै नेपाल भित्र्याउनसके त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

    हडियाबावा मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वैश्य भन्नुहुन्छ, “भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि सीताजीको जन्मभूमि जनकपुरमा रहेको जानकी मन्दिरको दर्शन गरेपछि पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।”

    उनले नेपालगञ्ज–पोखराको हवाई उडान भएजस्तै नेपालगञ्ज–जनकपुरको उडानका लागि यति एअरलाइन्स, बुद्ध एअरलाइन्स वा श्री एअरलाइन्सको जहाजलाई राति राँझा विमानस्थलमा नै राख्नुपर्ने तर्क गर्दै त्यसपछि यसको भारतमा प्रचार प्रसार गरेर भारतीय पर्यटक नेपाल भित्र्याउन सकिने बताए ।

    नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्ज–जनकपुर हवाईमार्ग अविलम्ब सुरु गर्न माग गर्दै यसलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

    उनले पर्यटन प्रवद्र्धनका लागि हवाईमार्गसँगै नेपालगञ्ज–अयोध्यास्तरीय बस सेवासमेत सञ्चालन गर्न आवश्यक भएको उल्लेख गर्दै यसबाट नेपालगञ्जको वास्तविक समृद्धि हुने तर्क गर्नुभयो ।

    पर्यटन व्यवसायी सिग्देलले भन्ने, “राजनीतिक नेतृत्वसँग इच्छाशक्ति मात्रै हुने हो भने पर्यटनको एजेण्डालाई लागू गर्न सकिन्छ ।” उनका अनुसार अयोध्या नेपालगञ्जबाट सबैभन्दा बढी नजिक भएको सहर हो । नेपालगञ्जबाट भारतको अयोध्या एक सय ७१ किलोमिटरको दूरीमा रहेको बताइएको छ ।

    नेपालका सबै पर्यटकीयस्थललाई जोड्न हवाईमार्ग प्रभावकारी हुने भएकाले हवाई ‘कनेक्टीभिटी’ र बस सेवाको कनेक्टीभिटी आवश्यक भएको सिग्देलको भनाइ छ । नागरिक अभियानकर्मी तथा अधिवक्ता विश्वराज तिवारीले हवाईमार्ग सुरु भएपछि धार्मिक पर्यटन चलायमान हुने उल्लेख गर्दै जनता र संस्कृतिबीचको निकटता बढ्ने बताए ।

    उनले भारत र नेपालीबीचको भाइचारा सम्बन्धसमेत बलियो हुनेमा जोड दिँदै यसबाट जनकपुर जानेलाई मानसरोवर जानका लागि पनि सहज हुने बताए ।

    नेपालगञ्जको हनुमानगढी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले भारतको अयोध्यामा श्रीरामको दर्शन गरेपछि सीतामाताको दर्शन नगरे पूर्ण लाभ नहुने भएकाले अयोध्याबाट जनकपुर जान हवाईमार्ग अतिआवश्यक भएको जानकारी दिँदै माता जानकीको दर्शन गरेकाले पुनःश्रीराम मन्दिरको पनि दर्शन गर्नुपर्ने बताए ।

    “यी दुवै मन्दिरको दर्शन हुने भएकाले धार्मिक पर्यटनमा यसले टेवा पु¥याउँछ”, उनले भन्ने । नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरबाहेक अन्य धार्मिक मठमन्दिर र पर्यटकीयस्थलसमेत रहेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑