सिरहा । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेको छ ।
सरकारी कार्यक्रममा राजनीतिक दलका नेताहरुलाई भाषण दिलाएर राजनीतिक कार्यक्रम गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेको हो ।
जनमतका कार्यकर्ताहरुको टोलीले नगरमा नाराबाजी गर्दै गत माघ ५ गते बलिदानी दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा कुनै अमुख दलका नेतालाई सहभागी गराएर राजनीतिक कार्यक्रम गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको हो ।