बारा । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै भएको सवारी दुर्घटनामा परी बाराका एक सहित दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको हर्दिया निवासी २३ वर्षका सन्दीप यादव रहेका छन भने अर्का धनुषा जिल्लाको सबैला निवासी सुमित यादव रहेको प्रहरीले जनाएको छ । प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल अनियंत्रित भएर दुर्घटना हुदाँ त्यसमा सवार दुवै जनाकाे मृत्युु भएकाे हो ।
मृतक दुवै जना वीरगन्जको नेशनल मेडिकल कलेजमा अध्यनरत रहेकाे प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।