जनकपुर । जनकपुरबाट भारतको अयोध्या जाने भनिएको रेल रद्द भएको छ। जनकपुरधामदेखि भारतको अयोध्यासम्म राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएकोमा सो रद्द भएको हो। जनकपुर रेलवेका प्रमुख प्रशासन सहायक रञ्जित ठाकुरका अनुसार भारत सरकारले जनकपुरबाट जाने रेललाई अनुमति नदिएपछि रेल सेवा रद्द भएको हो।
उनका अनुसार जनकपुरधामबाट राम मन्दिरको प्राण प्रतिष्ठाका लागि विशेष रेल जाने तयारी भएको थियो। साथै भाडादर पनि तोकिएको थियो। तर, रेललाई अनुमति नदिएका कारण रेल अयोध्या जान नपाउने भएको हो।
आज बिहान साढे ६ बजे जनकपुरधामबाट अयोध्याका लागि रेल जाने कार्यक्रम थियो। रेल जान नपाएपछि श्रद्धालुहरू निराश बनेका छन्।