वीरगंज । वाग्मती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध करियरको पहिलो शतक प्रहार गरेका छन् । घिरैयाले राष्ट्रिय स्तरको प्रतियोगितामा ९९ बलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए । उनले ३०औं ओभरको दोस्रो बलमा कमल खत्रीको बलमा चौका प्रहार गर्दै शतक पूरा गरे। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले उनको शतकको मद्दतले ३० ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको छ । यो समाचार तयार पार्दासम्म आशुतोष १०३ बलमा १५ चौका र २ छक्का प्रहार गर्दै १११ रन बनाएर क्रिजमा छन् ।
आशुतोषले शतक अघि महत्वपूर्ण जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । जीवनको त्यो पूरा फाइदा उठाउँदै उनले शतक पूरा गरे।
यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध आशुतोष ९२ रनमा आउट भएका थिए । यो उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो । पुलिस विरुद्धको खेलमा स्पिनर दीपेन्द्रसिंह ऐरीको अफ साइड बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर दीलिप नाथबाट क्याच आउट भएपछि करिअरको पहिलो शतक बनाउन चुकेका थिए ।
उनी वाग्मतीबाट ज्ञानेन्द्र मल्लपछि पीई कपमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्रले २०१९ मा वागातामीबाट त्रिवि मैदानमा एपीएफविरुद्ध ११७ रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारी गर्दै ठूलो स्कोरको आधार खडा गरेका छन् । अभ्यास तिमिशिनाका २९ औं ओभरको तेस्रो बलमा रित एज लागेर विकेटकिपर सोनु अन्सारीबाट ४९ रनमा क्याच आउट भए । उनले ६० बलमा ३ चौका प्रहार गरे ।
ओपनर इशान पाण्डे र आशुतोषले ५।१ ओभरमा २८ रनको साझेदारी गरेपछि बागमतीले मध्यम सुरुवात दिलाएका थिए । कमलको बलमा मिडअनमा भूपाल लुईटेलले ६ रनमा इशानलाई क्याच आउट गरेका थिए ।वाग्मती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध करियरको पहिलो शतक प्रहार गरेका छन् । घिरैयाले राष्ट्रिय स्तरको प्रतियोगितामा ९९ बलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए । उनले ३०औं ओभरको दोस्रो बलमा कमल खत्रीको बलमा चौका प्रहार गर्दै शतक पूरा गरे।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले उनको शतकको मद्दतले ३० ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको छ । यो समाचार तयार पार्दासम्म आशुतोष १०३ बलमा १५ चौका र २ छक्का प्रहार गर्दै १११ रन बनाएर क्रिजमा छन् ।
आशुतोषले शतक अघि महत्वपूर्ण जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । जीवनको त्यो पूरा फाइदा उठाउँदै उनले शतक पूरा गरे। यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध आशुतोष ९२ रनमा आउट भएका थिए । यो उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो । पुलिस विरुद्धको खेलमा स्पिनर दीपेन्द्रसिंह ऐरीको अफ साइड बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर दीलिप नाथबाट क्याच आउट भएपछि करिअरको पहिलो शतक बनाउन चुकेका थिए ।
उनी वाग्मतीबाट ज्ञानेन्द्र मल्लपछि पीई कपमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्रले २०१९ मा वागातामीबाट त्रिवि मैदानमा एपीएफविरुद्ध ११७ रनको शतकीय इनिङ खेलेका थिए । दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारी गर्दै ठूलो स्कोरको आधार खडा गरेका छन् । अभ्यास तिमिशिनाका २९ औं ओभरको तेस्रो बलमा रित एज लागेर विकेटकिपर सोनु अन्सारीबाट ४९ रनमा क्याच आउट भए । उनले ६० बलमा ३ चौका प्रहार गरे ।ओपनर इशान पाण्डे र आशुतोषले ५।१ ओभरमा २८ रनको साझेदारी गरेपछि बागमतीले मध्यम सुरुवात दिलाएका थिए । कमलको बलमा मिडअनमा भूपाल लुईटेलले ६ रनमा इशानलाई क्याच आउट गरेका थिए ।