• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठमेल चाैबिसै घण्टा खोल्ने तयारी

  • वीरगंज संजाल
  • ५ माघ २०८०, शुक्रबार ११:५४
  • ८९७

    वीरगंज | ठमेलको रात्रिकालीन व्यवसाय रातभर खोल्ने योजना पटकपटक बनेको भए पनि सफल भएको थिएन अब भने ठमेल क्षेत्र २४ सै घण्टा खुल्ने गरी कार्ययोजना बनाइएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूरै ठमेल क्षेत्र २४ सै घण्टा खुला गर्ने उद्देश्य राखेर कार्ययोजना तयार भइरहेको बताए। ‘रात्रीकालीन व्यवसाय मात्र नभएर पूरा ठमेल क्षेत्र २४ घण्टा खोल्ने योजनासहित काम भइरहेको छ’, उनले भने, ‘पहिला रात्रिकालीन व्यवसाय मात्र खोल्ने योजनाहरू आएका थिए यस कार्ययोजनामा पूरा ठमेल क्षेत्र खुला हुने अवधारणा राखिएको छ।’शर्माले यसका लागि दुई चरणको वार्ता भइसकेको बताए। उनले पहिलो चरणको वार्तामा ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधि र जिल्ला सुरक्षा कार्यालयका प्रतिनिधिहरू बसेर छलफल गरेको बताए। त्यस्तै दोस्रो चरणको वार्तामा भने काठमाडाैं महानगरपालिका सामाजिक विभागका प्रतिनिधि, ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधि, जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका प्रतिनिधिसमेत बसेर सो विषयमा छलफल गरिएको बताए।

    पहिला ठमेलको कुनै पनि व्यवसाय खोल्ने अवधारणा बनाइरहँदा आचारसंहितासहितको कार्ययोजना आएको थिएन तर यसपटक भने आचारसंहितासहित योजनाबद्ध रूपमा मस्यौदा ल्याइएको बताए। ‘घरधनी, व्यवसायी, पिटिसी, सबैको बारेमा क्राइटेरिया बनाएका छौं’, उनले भने, ‘कानुनले निर्दिष्ट गरेको नीति तथा व्यवस्था अनुरूप व्यवस्थित र मर्यादित रूपमा ठमेल बजार चलायमान बनाउने हो।’ यसपटक ठमेल पर्यटन विकास परिषद्ले ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेल’को अवधारणा अनुरूप ‘घरधनी, व्यवसायी तथा पर्यटकको शान्ति सुरक्षा व्यवस्थापन आचारसंहिता – २०८०’ को मस्यौदा बनाइ जिल्ला समिति समक्ष बुझाएको छ। नेपालमा हालसम्म कतै पनि २४ सै घण्टा व्यावसायिक गतिविधि हुने गरी सहरहरू खुला भएका छैनन्। नेपालको पर्यटकीय सहर भनेर चिनिएको ठमलेलाई २४ सै घण्टा खुला गर्न सकिएको अवस्थामा यसका धेरै फाइदाहरू छन्। सरकारले निर्दिष्ट गरेको व्यावसायिक कानुन तथा नीतिहरू पालन गरेर सहर २४ सै घण्टा खुलेमा पर्यटकीय गतिविधि स्वतः बढ्ने त छँदैछ व्यवसाय पनि फस्टाउँछ। बजार सधैं खुला भएमा व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर लगानी विस्तार हुने, राज्यमा रोजगारी सिर्जना हुने र विदेशी मुद्रा आयआर्जनमा थप वृद्धि हुनेछ। साथै राज्यलाई करमा योगदान पुग्ने तथा आर्थिक रूपमा मुलुकलाई मजबुत बनाउन सहयोग पुग्नेछ।

    गत कात्तिक महिनामा ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलमा सिसी क्यामरा जडान गरिएको थियो। ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाउन तथा सो क्षेत्रलाई सफा, सुन्दर र सुरक्षित एवम् व्यवस्थित बनाउन सय वटाभन्दा बढी सिसी क्यामरा जडान गरिएको थियो। पछिल्लो समयमा ठमेल क्षेत्रको सुरक्षा एवम् सौन्दर्यका लागि लागि चार सय सडक बत्ति जडान गरिसकेको छ। यस्तै हाल ठमेलको बाटो स्तरोन्नतिका लागि मर्मत सम्भार तथा सौन्दर्यकरण भइरहेको छ भने ठमेलका गल्ली पहिचान सहजको लागि नम्बरहरू पनि राखिसकिएको छ।‘ठमेललाई नमुना पर्यटकीय नगरी बनाउनुपर्ने माग गर्दै आइरहेकोमा ठमेल सधैं खुला छ भन्ने बनाउनु छ।’ शर्माले भने, ‘ठमेल बजार जाउँ, घुमौं, रमाऔं भन्ने बनाउन हामी लागिरहेका छौ।’ यस पटकको कार्ययोजना हतारको निर्णय नभएर आचारसंहितासहितको व्यावसायिक अवधारणा तयार भइरहेको बताउँदै अध्यक्ष शर्माले भने, ‘हतारको निर्णयमा ठमेल खोल्न लागेका छैनौं, यसको लागि कानुनसम्मत, व्यवस्थित र व्यवहारिक योजना ल्याउँदैछौ।’

    ठमेल क्षेत्र २४ सै घण्टा खुला रहिरहँदा सुरक्षा व्यवस्थापनबाहेक अन्य पक्षहरूमा खासै धेरै चुनौती नरहेको उनको बुझाइ छ। ‘राज्यले सुरक्षा व्यवस्था प्रत्याभूत गर्न सके योजना कार्यान्वयनको लागि अन्य प्रमुख समस्या खासै छैन्।’ उनले थपे, ‘व्यावसायिक गतिविधिहरूको सवालमा भने सुरुमै व्यापार नहुन पनि सक्छ, गतिविधि बढ्न थालेपछि त व्यापार स्वतः हुनेछ।’ उनले पर्यटक र १८ वर्ष माथिका कुनै पनि नागरिकले ठमेलमा २४ सै घण्टा घुम्न, डुल्न, बस्न, रमाइलो गर्न र किनमेल गर्न सक्ने बनाउने उल्लेख गर्दै बजार चलायमान बनाउन सडक महोत्सव, विभिन्न सांस्कृतिक कार्यक्रम जस्ता योजनाहरू पनि क्रमिक रूपमा ल्याइने बताए। आचारसंहिताको मस्यौदा जिल्ला सुरक्षा समिति सामु १० दिन अघि नै बुझाइसकिएको र त्यसमा थप सुधारका लागि छलफल गरेर आवश्यक परे गृहमन्त्रालयमा समेत पठाइने भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑