बाराको निजगढ नगरपालिकामा बाघको आतंक,
मानव जीवन नै जोखिममा यात्रा डेली माघ ४, २०८० बिहिबार । बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ ।
जसले मानव जीवन नै जोखिममा पर्ने खतरा रहेको छ । निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् ।
पाटेबाघले गएराति मात्रै जयबहादुर सिं र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा पाडा मारेको स्थानीयबासिन्दाले बताएका छन् ।