• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश सरकारको प्राथमिकतामा पूर्वाधार निर्माण

  • वीरगंज संजाल
  • ४ माघ २०८०, बिहीबार १६:४७
  • १३०१

    वीरगंज | ढल्केबर, पुस ४ गते । मधेश प्रदेश सरकारले पूर्वाधार विकास निर्माणका क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य संरचना, कृषि तथा सिँचाइलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।

    भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा प्रदेशका ६४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा पाँच किलो मिटरका दरले कुल ३२० किलो मिटर पक्की सडक निर्माण कार्य गरिरहेको छ । यस अवधिमा ३५ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ भने १२४ किलोमिटर ढलान सडक निर्माण गरेको छ । त्यस्तै, ३०० किलोमिटर ग्राभेल सडक, ४१ किलोमिटर नाला, २३३ वटा कल्भर्ट निर्माण, ३७ किलोमिटर कच्ची सडक सुधार गरेको छ । यसैगरी, समपुरक अनुदान अन्तर्गत ७ वटा सडक कार्यक्रम निर्माणाधीन अवस्थामा छ ।

    प्रदेशका विभिन्न स्थानमा ८ वटा पुल निर्माण सम्पन्न गरेको छ । २८ वटा पुल निर्माणाधीन अवस्थामा छ । प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तर्गत २३४ किलोमिटिर प्रादेशिक लोकमार्ग र तीन हजार ७२ किलोमिटर प्रादेशिक सडक गरी पाँच हजार ३०६ किलोमिटर सडक छनौट गरी प्रादेशिक सडक सञ्जाल गुरु योजना कार्यान्वयनमा ल्याइएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत तीन वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ ।

    पर्सा जिल्लादेखि सप्तरी जिल्लासम्मको करिब ३१२ किलोमिटर सडकलाई मधेश सहिद राजमार्गको रुपमा अध्ययन कार्य सम्पन्न गरी निर्माण कार्यका लागि बजेट विनियोजन गरी क्रमैसँग कार्यान्वयन अगाडि बढाइएको छ । यस प्रदेशका विभिन्न जिल्लामा ४१ वटा धर्मशाला र १७० वटा सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ । यसका साथै जनता आवासतर्फ छ हजार ६९३ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको र महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत ४५६ घर निर्माण भइसकेको छ । मधेश प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि अध्ययन अगाडि बढाइएको छ।

    प्रदेशका आठवटै जिल्लाको सदरमुकाममा रहेको नगरपालिकाको समन्वयमा आठ ठाउँमा श्रमिक विश्रामस्थल निर्माण सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय वीरगञ्जका लागि जग्गा प्राप्ति र डिपिआर तयारी भएको तथा यातायात व्यवस्था कार्यालय जनकपुरधाम, बर्दिवास, राजविराज र गौरका कार्यालयहरुका लागि जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको छ ।

    सतह सिँचाइतर्फ पाँच वटा योजना सम्पन्न गरी एक हजार १४० हेक्टर जग्गामा सिँचाइ सुविधा थप गरेको छ । जसअन्तर्गत मुख्यरुपमा पाँच वटा हेडवर्कस तथा ७.५० किलोमिटर मूलनहर तथा १४ किलोमिटर शाखा नहर निर्माण भएका छन् ।

    भूमिगत सिँचाइतर्फ ४५ वटा डिप टयुबवेल र १५ वटा पावर ड्रिल निर्माण गरी करिब ९८० हेक्टर सिँचाइयोग्य जग्गामा थप सुविधा पुगेको छ । त्यस्तै कलष्टर भूमिगत सिँचाइ योजना अन्तर्गत थप ४२० हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।

    ११ वटा सतह सिँचाइ योजनाहरुको निर्माणकार्य हाल सञ्चालनमा छ । जसबाट भविष्यमा करिब तीन हजार नौ सय हेक्टर जग्गामा थप सिँचाइ सुविधा पुग्नेछ । भूमिगत सिँचाइतर्फ ६० वटा डिप टुयुबवेल र १७ पावर ड्रिलको निर्माण कार्य भइरहेको छ जसबाट करिब एक हजार तीन सय हेक्टर जग्गामा सिँचाई सुविधा पुग्ने छन् र कलस्टर भूमिगत सिँचाइ योजनाअन्तर्गत थप एक हजार एक सय हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नेछ ।

    ४१ वटा खानेपानी आयोजना सम्पन्न गरी यसबाट लगभग २० हजार घरधुरी लाभान्वित भएका छन् । ७७ वटा खानेपानी आयोजनाका लागि डिप बोरिङ् र १५९ किलो मिटर पाइप लाइन बिछ्याउने कार्य सम्पन्न भएको छ । सहरी क्षेत्रमा सरसफाइमा जनताको पहुँचलाई ध्यानमा राखी ५४ वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

    यसैगरी, रामजानकी बहुउद्देशीय रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको अध्याधुनिक र सुविधासम्पन्न बनाउने गरी मधेश प्रदेशले गौरवको योजना घोषणा गरी निर्माणका कार्यलाई अघि बढाइएको छ ।

    खानेपानी, सिँचाइ, सडक, विद्युत्, पुल, भवनजस्ता आधारभूत भौतिक पूर्वाधारहरुको निर्माण तथा विकास गरी प्रदेशका जनतालाई सामाजिक एवम् आर्थिकरुपले समृद्ध बनाउने उद्देश्यले मधेश सरकार पूर्वाधार निर्माणमा जोड दिएको भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑