• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार १४:५९
  • ९१३

    वीरगंज | भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुन्थ्ये। बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्र्तीण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपाङ्गता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडियो।विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता भए। लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उहाँका पाइला भीरबाट लर्किएपछि अधुरा रहे नै साथै उनको परिवारमा सङ्कट, अभाव र समस्या झनै झाङ्गिने निश्चित भयो। आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता हुनुभएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल भएका छन्। ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पुग्नुहुन्छ, तब युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नचाउने गर्छन्। परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षण हुने गीत तयार गरेका छन्। दुःखसुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्बुजालाई नयाँ कलाकारले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रुपमा चिन्ने गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्माले बताए। ‘सङ्घर्षको भूमरीबाट फर्किएको सुन्दर फूल जस्तै हो उहाँ। गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकालाई अभिलेख गराउने र राष्ट्रियस्तरमै पहिचान गराउन उहाँले सिर्जना गरेका गीतसङ्गीतले ठूलो योगदान पु¥याएका छन्’, उनले भने।शारीरिक रुपमा अपाङ्गता रहनुभएका गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारका रुपमा परिचित छन्।

    हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गरेका उनको गायनयात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको थियो।’परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो । भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ। त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिएँ। पहिलो चरणमा उत्र्तीण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो। त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ म¥र्यो’, गायक गर्बुजाले भने।बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गएपनि ढिला गरी अस्पताल आएकाले पूर्णरुपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थालेको बताए। उनका दाईसमेत सानै उमेरमा रुखबाट खसेर अपाङ्गता भएका थिए।’घरका दुई छोरा त अपाङ्गता बन्यौं। त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो। हामी दुई अपाङ्गता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुनःस्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ’, गर्बुजाले भने। घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी बनेको उनले स्मरण गरे।बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दुःखका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन सङ्घर्ष सुरु गरेका थिए। विसं २०४७ मा पुनःस्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ पुगेका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पाए।

    रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसङ्गीतबाटै आफुलाई अघि बढाउने सङ्कल्प गरेका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो। ‘फोनको सुविधा थिएन, चिठी पठाउनुपथ्र्यो घरको हाल खबर बुझ्नलाई। मैले पहिलो गीत ‘दुःखको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ’, गर्बुजाले विगत सुनाए। करिब नौ सय गीतमा स्वर भरेका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो साङ्गितिक प्रस्तुति राखेका छन्। गायन संँगसँगै बाध्यबाधनतर्फसमेत सिपालु रहेका गर्बुजाले विसं २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यबादनको कामसमेत गर्दै आएका छन्। लोपउन्मुख नेपाली मौलिक मौरी बाजाका सर्जगसमेत रहेका उनले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्यबाधनसमेत बजाउँछन्। विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न सङ्घ संस्थाबाट सम्मानित भइसकेका छन्। हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान गरेको छ। ‘अपाङ्गता भएपछि केही गर्न सकिँदैन भन्ने भाष्यलाई उहाँले गलत सावित गरिदिनुभएको छ। निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्बुजा बन्नुभएको छ’, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष प्रेम पुनले भने।गाउँमा कक्षा ६ सम्मको अध्ययन गरेका गर्बुजाले काठमाडौँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याएनन्, बिचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता दिए। उजका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् भने उनी हाल श्रीमती र बुबासँग काठमाडौँमा बसोबास गर्छन्। बाध्यबादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र साङ्गितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ। रासस/कमल खत्री

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑