बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोलि लागेर मृत्यु भएका स्थानीय २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको परिवारलाई मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादबले आर्थिक सहयोग गरेका छन् । उनले बुधबार बिनको परिवारलाई भेटेर १ लाख २५ हजार आर्थिक सहयोग गरेका हुन ।
तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरको आन्दोलनको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मङ्सिर २७ गते लक्ष्मीको मृत्यु भएको थियो । भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।