जनकपुरधाम । मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।प्रदेशको नामाकरण र राजधानी घोषणा भएको यो दिनलाई सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो । मधेश प्रदेशको नामाकरण २०७८ माघ ३ गतेकै दिन प्रदेश नम्बर २ बाट मधेश प्रदेश नामाकरण गरिएको थियो । र सोही दिन स्थायी राजधानी समेत जनकपुरधाम घोषणा भएको थियो|
गत बिहिवार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
आज स्वाभिमान दिवसकै अवसरमा सरकार गठन भएको एक वर्षे कार्यकालमा प्रदेश सरकारले गरेको प्रमुख कार्यहरुको विवरण सार्वजनिक हुने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले सो प्रगति विवरण महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा प्रस्तुत गर्नेछ ।
मधेश प्रदेश सरकार गत वर्ष पुस २९ गतेमा गठन भएको थियो । सरकारले पनि यसअघि पुस २९ गतेमै प्रगति विवरण सार्वजनिक गर्ने भएको थियो । तर, मन्त्रीपरिषद्को बैठकले माघ ३ गते स्वाभिमान दिवस मनाउने निर्णय गरेपछि आजकै दिन प्रगति विवरण सार्वजनिक गर्ने दिन सारेको थियो ।