बारा । बारा जिल्ला मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै त्यसको न्यूनीकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र मातहतको युनिटले सडकमै प्रशिक्षण दिन अभियान सुरु गरेको छ ।सवारी चालक, सवारी धनी र आम सर्वसाधरणलाई सचेतना अभियान सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख राम कुमार महतो आफै पनि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर सचेतना कार्यक्रम संचालन गरेका छन ।
ट्राफिक प्रहरी प्रमुख महतोका अनुसार जितपुर सिमरा उपमहानगर-२ अमलेखगंजमा सवारी दुर्घटना न्यनिकरण गर्ने उद्देश्यले चुरियामाई देखि ३ नं. पुल सम्मका पोल तथा जालिमा रातको समयमा टलकने रिफ्लेटिप स्टिकर टासिएको छ । उनले टल्किने स्टिकर रिफ्लेक्टरले हुस्सु लागेका बेला र रातको समयमा प्रभावकारी काम गर्ने तथा दुर्घटना न्यूनीकरणका मद्दत पुग्ने बताएका छन् ।
प्रशिक्षणको क्रममा सर्वसाधारण लाई सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा समेत होसियारी बन्नु पर्ने ट्राफिक प्रहरीको भनाई छ । सवारी चालकलाई दिने सचेतना अभियान जिल्लाको विभिन्न स्थानमा तथा शैक्षिक संस्थामा गरिने ट्राफिक कार्यालय बाराले जनाएको छ ।