• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीको गलत अनुसन्धानको शिकार भएका थिए सानु कान्छा, अब कसरी बढ्ला अनुसन्धान ?

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार १२:०१
  • १२८९

    वीरगंज । काठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् । तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।जिल्ला अदालतले झाको हत्या भएको ठहर गर्दै हत्या घटनामा आरोपी तामाङ संलग्न हो भन्ने आधार र प्रमाण नदेखिएको भन्दै उनलाई सफाई दिएको छ । तामाङलाई तत्कालीन अपराध महाशाखाले २०७६ भदौमा पक्राउ गरेको थियो । त्यो बेला भने अदालतलेसमेत उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, करिब दुईवर्ष पुर्पक्षका लागि थुनामा बसेपछि तामाङलाई जिल्ला अदालतका न्यायाधीस बद्रिप्रसाद ओलीको एकल इजलासले २०७७ चैत २३ मा सफाइ दिएको थियो । जिल्लाको फैसलालाई हाल उच्च अदालत पाटनलेसमेत सदर गरेको छ । जसकारण प्रहरीको अनुसन्धान नै त्रुटिपूर्ण रहेको देखाएको हो । तामाङ झाको घरमा आठ वर्षदेखि भान्से र गार्डका रूपमा काम गर्थे । प्रहरीले झा को घाँटी रेटिएको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला पारेको थियो ।हत्या गरिएको राति घरमा उनकी श्रीमती ज्ञानु झा र भान्से तामाङमात्र रहेको खुलाइएको थियो ।

    काम देखाउने होडमा गलत अनुसन्धानझाको शव फेला परेकै दिन अपराध महाशाखा हाल उपत्यका अपराध अनुसन्धान कार्यालयले सानु कान्छा तामाङलाई पक्राउ गरेको थियो । त्यो बेला महाशाखा प्रमुखमा एसएसपी धीरजप्रताप सिंह थिए ।उनी आईजीपी भएर अवकाशमा गइसकेका छन् ।उनकै टोलीले तामाङमाथि अनुसन्धान गरेको थियो । त्यही बेलादेखि सानु कान्छाले हत्या अस्वीकार गर्दै आएका थिए । हत्या अस्वीकार गरेपछि महाशाखाको टोलीले तामाङलाई झुुटो बयान दिएको आशंका गर्दै पोलिग्राफदेखि नार्को टेस्टसमेत गरेको थियो ।तर, दुवै टेस्टबाट तामाङले झुठो बोलेको कुरा पुष्टि हुन सकेन । नार्को टेस्ट गर्दा पनि तामाङमाथि पुष्टि हुने कुनै प्रमाण नजुटेपछि प्रहरीले थुनामा राखेका तामाङलाई अन्तिममा अभद्र मुद्दा चलायो । उनी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटे ।त्यसको एक वर्षपछि २०७६ मा फेरि अपराध महाशाखाकै टोलीले तामाङलाई पक्राउ गर्‍यो । त्यो बेला महाशाखा प्रमुखमा एसएसपी सहकुलबहादुर थापा थिए । तामाङमाथि थप प्रमाणबिना नै उनको टोलीले पक्राउ गरेर प्रहरी परिसर काठमाडौंलाई बुझाए ।परिसर प्रमुखमा एसएसपी उत्तमराज सुवेदी थिए । सुवेदीको टोलीले तामाङमाथिको कर्तव्य ज्यान मुद्दा अनुसन्धान गरेर अदालत पेस गरेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झाको हत्यारा पत्ता लाग्यो भन्ने कामको जस लिन एसएसपी थापा र सुवेदीले तामाङलाई प्रमाणबिना नै अदालत पेस गर्ने ‘मूर्खतापूर्ण कदम’ चालेको पाइएको एक प्रहरी अधिकारीले बताए ।
    हाल थापा र सुवेदी दुवै एआईजी भएर अवकाशमा गइसकेका छन् ।

    हत्याकाण्डको अनुसन्धान गर्ने एक प्रहरी अधिकारी भन्छन्, “हामीले सुरुमै नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको संलग्नता नदेखिएपछि अभद्र मुद्दा चलाएर छाडेका थियौं । पछि पक्राउ गर्ने टोलीले किन त्यस्तो गरे । हामीले घटनाको अनुसन्धान पूरा गर्‍यौं भन्ने देखाउन यस्तो हतास गरिएको थियो कि !”काठमाडौं जिल्ला अदालतले भने झा को हत्या तामाङले नै गरे भन्ने आधार र प्रमाण नभई आशंकाको भरमा ज्यान जस्तो गम्भीर फौजदारी कसुरमा दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तसँग मेल नखाने भन्दै सफाई दियो ।सो फैसला चित्त नबुझे ७० दिनभित्र पुनरावेदन गर्न समेत जिल्ला अदालतले भनेको थियो । अब कसरी सुरु हुन्छ अनुसन्धान ?सानु कान्छा तामाङले दुवै तहको अदालतबाट सफाइ पाएसँगै अब प्रहरीले झा हत्या प्रकरणमा कसरी अनुसन्धान गर्ने भन्ने अन्योल थपिएको छ । काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले हत्या प्रकरणमा प्रहरीले २० वर्षसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि झा प्रकरणमा फेरि कसरी अनुसन्धान अघि बढाउने भन्ने बारेमा कानुनी परामर्शमा रहेको बताए ।वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले भने प्रहरीले त्यो घटनाबारे फेरि शून्यबाट अनुसन्धान गर्न मिल्ने बताए । उनले भने, “अदालतले तत्कालीन प्रमाणको आधारमा सफाई दिएको हो । ज्यान मुद्दाको हदम्याद भनेकै २० वर्ष हो । प्रहरीले थप प्रमाण भेट्टाए त्यही व्यक्ति वा अर्को आरोपीबारे अनुसन्धान गर्न कानुनले रोक्दैन ।”काठमाडौैं प्रहरी पनि झा हत्याको अनुसन्धान फेरि शून्यबाट गर्ने गृहकार्यमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑