• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बैंकहरु घटाउँदै छन् ब्याजदर, कर्जा लिने र बचत गर्नेलाई के हुन्छ यस्तो फाइदा ?

  • वीरगंज संजाल
  • ३ माघ २०८०, बुधबार ११:४३
  • ९२९

    वीरगंज । नेपालका अधिकांश वाणिज्य ब्याङ्कहरूले माघ १ गतेदेखि कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन्।निक्षेप बढिरहेको तर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभएकाले अधिकांश वाणिज्य ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाएको बताइन्छ।त्यस्तै निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाएका छन्।नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ रहेको तथा कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने कतिपय जानकारहरू बताउँछन्।उनीहरूका भनाइमा घट्दो ब्याजदरले लगानीकर्तालाई फाइदा पुग्न सक्छ भने छोटो अवधिका निक्षेपकर्ताले ब्याज कम पाउने अवस्था बन्छ।
    ब्याजदर घट्नुको कारण के?
    नेपाल राष्ट्र ब्याङ्कका अधिकारी तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका भनाइमा अहिले निक्षेप अधिक भएर ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै भएकाले ब्याजदर कम भएको हो।
    अहिले ब्याङ्कहरूले प्रत्येक महिनाजस्तो ब्याजदरमा हेरफेर गरिरहेका छन्।“यो भनेको माग र आपूर्तिकै कुरा हो। अहिले ब्याङ्कहरूसँग लगानीका लागि पर्याप्त पैसा छ तर कर्जा प्रवाह खासै भइरहेको छैन,” एकजना पूर्व ब्याङ्कर पर्शुराम कुँवर क्षेत्रीले भने।“त्यसले गर्दा ब्याङ्कहरूले कर्जाको ब्याजदर घटाइरहेका छन्। कर्जा घटाउनका लागि आधारदर कम गर्नुपर्‍यो त्यो भनेको फेरि निक्षेपसँग जोडिएको हुनाले निक्षेपको पनि दर घटेको हो।”राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेल पनि अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको बताउँछन्।“निक्षेप र कर्जा दुवै बढिरहेको छ तर निक्षेप बढे अनुरूप कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ। त्यसले ब्याजदर कम हुन थालेको हो,” उनले भने।

    निक्षेप कतिले बढ्यो ?
    नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क अनुसार गत मङ्सिरसम्ममा नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूमा ४।६ प्रतिशतले निक्षेप बढेको छ।त्यो भनेको कुल २ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वृद्धि हो।गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो वृद्धिदर २।२ प्रतिशत मात्र रहेको थियो। त्यो भनेको १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ हुन आउँछ।वार्षिक बिन्दुगत आधारमा भने गत मङ्सिर मसान्तसम्म वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको विवरण त्यसमा रहेको छ।ब्याङ्कहरूमा बचत गर्नेमध्ये सबैभन्दा धेरै मुद्दती बचतकर्ता रहेका छन्।राष्ट्र ब्याङ्कको विवरण अनुसार अहिले ब्याङ्क तथा वित्तीय सस्थाहरूको कुल निक्षेपमध्ये ६०।७ प्रतिशत मुद्दती निक्षेपको अंश रहेको छ।
    त्यस्तै २६।७ प्रतिशत बचत र ६।३ प्रतिशत निक्षेप चल्ती खातामा रहेको छ।

    कर्जा प्रवाहको अवस्था
    नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँले बढेको छ। त्यो भनेको २।३ प्रतिशतको वृद्धि हो।
    गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने मात्र ७३ अर्ब ३० करोड अर्थात् १।६ प्रतिशतले मात्र कर्जा बढेको थियो।राष्ट्र ब्याङ्कका अनुसार वार्षिक विन्दुगत आधारमा गत मङ्सिरसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४।५ प्रतिशतले बढेको छ।ब्याङ्कहरूबाट गएको कर्जामध्ये सबैभन्दा धेरै गैरवित्तीय संस्थागत क्षेत्रतर्फ गएको देखिन्छ।त्यसको अंश ६३।१ प्रतिशत र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६।९ प्रतिशत रहेको छ|गत वर्ष भने संस्थागततर्फ ६४।१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३५।९ प्रतिशत रहेको थियो।

    निक्षेपको ब्याजदर कतिले घट्यो?
    गत महिनाको तुलनामा माघ महिनामा नेपाली वाणिज्य ब्याङ्कहरूले निक्षेपको ब्याजदर केही कम गरेका छन्।सबै ब्याङ्कहरूले घटाएको ब्याजदरलाई औसत मान्दा ब्याजदर करिब एक प्रतिशतले कम भएको देखिन्छ।पुस महिनामा ब्याङ्कहरूले एक वर्ष अवधिको निक्षेपमा औसतमा झन्डै ९ प्रतिशत ब्याज दिइरहेकामा यो महिना त्यो करिब ८ प्रतिशतमा झरेको छ।बचत खातामा पनि गत महिनाको तुलनामा झन्डै आधा प्रतिशत ब्याजदर कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणहरूले देखाउँछन्। यद्यपि केही ब्याङ्कहरूले गत महिनाकै ब्याजदर कायम पनि राखेका छन्।

    कर्जामा पनि घट्यो
    निक्षेपसँगै कर्जाको ब्याजदर पनि केही कम भएको ब्याङ्कहरूले सार्वजनिक गरेका विवरणले देखाउँछन्।माघ महिनामा वाणिज्य ब्याङ्कहरूको कर्जाको औसत आधारदर करिब १० प्रतिशत ९९।६४५० को हाराहारीमा रहेको छ।औसत आधारदर १० प्रतिशतको हाराहारी भए पनि केही ब्याङ्कहरूले १० प्रतिशतभन्दा कम आधारदर पनि राखेका छन्।
    ब्याङ्कहरूले आधारदरभन्दा दुई प्रतिशतभन्दा अधिक ब्याज लिन नपाउने राष्ट्र ब्याङ्कका पोख्रेल बताउँछन्।पूर्व ब्याङ्कर कुँवर क्षेत्री चाहिँ ब्याङ्कहरूले विस्तारै ब्याजदर कम हुँदै जाने सङ्केत दिएको बताउँछन्।

    ब्याङ्कमा करिब ६ खर्ब लगानीयोग्य रकम
    नेपाल राष्ट्र ब्याङ्कको विवरण अनुसार हाल ब्याङ्कमा लगानीयोग्य रकम ठूलो मात्रामा रहेको छ।नियम अनुसार निक्षेप कर्जाको अनुपात ९सीडी रेसिओ० ९० प्रतिशतसम्म पुर्‍याउन पाइन्छ।
    तर अहिले सीडी रेसिओ ८० प्रतिशत हाराहारी झरेको छ। त्यसले गर्दा लगानीयोग्य रकम ६ खर्ब रुपैयाँ जति रहेको हो।“ब्याङ्कहरूसँग लगानीयोग्य रकम धेरै छ तर आर्थिक गतिविधि सुस्त भएकाले माग छैन,” कुँवर क्षेत्री भन्छन्।यद्यपि अझै पनि नेपालमा कर्जाको ब्याजदर भारतका तुलनामा महँगो नै भएको उनको भनाइ छ।त्यो भारतको भन्दा सस्तो नहुन्जेल नेपाली लगानीकर्ताले तुलनात्मक रूपमा लाभ पाउन नसक्ने भएकाले कर्जा बढ्ने अवस्था आउन अझै केही समय लाग्ने उनको भनाइ छ।“गत नोभेम्बरमा भारतमा कर्जाको औसत ब्याजदर ९।७८ प्रतिशत थियो। हाम्रोमा मङ्सिरमा ११।८५ थियो। अझै पनि हाम्रो तीन प्रतिशत फरक छ,” उनले भने।“त्यो भारतकोभन्दा सस्तो नभइकन नेपालमा कर्जा वृद्धि होला भन्ने मलाई लाग्दैन।”

    कर्जा लिने र बचत गर्नेलाई के फाइदा?
    राष्ट्र ब्याङ्कका अधिकारीहरू तथा ब्याङ्किङ क्षेत्रका जानकारहरूका अनुसार कर्जाको ब्याजदरमा कमी आउँदा ऋण लिइसकेका वा लिनेहरूलाई पनि ब्याज कम पर्न जान्छ।
    तर छोटो अवधिका लागि निक्षेप गर्नेहरूका लागि भने घाटा हुनसक्छ।“ब्याज बढेका बेलामा पाँच वर्षे वा दश वर्षे खालका मुद्दतीमा रकम राख्नेलाई यसले असर पर्दैन तर छोटो समयका लागि मुद्दतीमा राख्नेहरूलाई पनि असर पर्छ,” पूर्व ब्याङ्कर कुँवर क्षेत्रीले भने।
    त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्नेले ब्याज कम पाउने अवस्था हुन्छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑