• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सामुदायिक वनका अध्यक्ष पक्राउ, अन्य विरुद्ध पनि पक्राउ पुर्जीको तयारी

  • वीरगंज संजाल
  • २ माघ २०८०, मंगलवार १५:२७
  • १५१७

    बारा । वनको जग्गा अतिक्रमण गरेर भोगचलन गरेको आरोपमा निजगढ नगरपालिका २, स्थित वनदेवी सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । वनदेवी सामुदायिक वन उपभोक्ता समूहका बहालवाला अध्यक्ष सिद्ध बहादुर थापालाई वन कार्यालयले पक्राउ गरेको हो ।थापालाई आइतबार नै वन कार्यालयले बारा जिल्ला अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरेको छ । १ वर्ष कैद र २ लाख जरिवाना भन्दा बढी सजाय हुने मुद्दा वनको क्षेत्राधिकार भित्र पर्दैन । जसअनुसार वनको जग्गा अतिक्रमणको मुद्दा अदालतले मात्रै हेर्ने गर्दछ

    २०७३ सालमा वनदेवी सामुदायिक वनका अध्यक्ष थापा सहित लोकप्रिय प्राविका प्रअ मुकुन्द विष्ट, तत्कालीन वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद ढोडारी, मन्दिर निर्माण समितिका राधाकृष्ण पुडासैनी र निजगढ २ बस्ने स्थानीय झलक बहादुर राईसहित २६ जना विरुद्ध वन क्षेत्र अतिक्रमण गरेको आरोपमा वन कार्यालयमा मुद्दा दर्ता छ । इलाका वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासले सामुदायिक वनका अध्यक्ष थापा बाहेक अन्यको हकमा पनि २०७३ सालमा नै मुद्दा दर्ता भएकोले अदालतमा उपस्थित हुन आग्रह गरेका छन् ।

    उनीहरू विरुद्ध ३० बिगाहा भन्दा धेरै वनको जग्गा अतिक्रमण गरेर भागबन्डामा भोगचलन गरेको अभियोग छ ।
    अतिक्रमण भएको वनको जग्गा भागबन्डा लगाएर ९ वटा संघसंस्थाले ठेक्कामा केरा खेती गरेको र लाखौँको आम्दानी समेत हिनामिना गरेको आरोप छ । उनिीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले समेत यसअघि नै कारवाहीको लागि वन कार्यालयलाई पटक पटक ध्यानाकर्षण जनाएको थियो ।

    अख्तियारले वनको जग्गा अतिक्रमण भएको विषयमा वन विभागसँग जवाफ मागेपछि विभागले वन कार्यालय बारालाई त्यसको स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
    सोही निर्देशनका आधारमा वन कार्यालयका रेन्जर बुनिलाल बैठाले बुझाएको अध्ययन प्रतिवेदनमा वनदेवी सामुदायिक वन समूहका अध्यक्ष, वडाध्यक्ष, विद्यालय प्रअ, विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव, मन्दिर निर्माण समिति पदाधिकारी लगायतले संलग्नतामा वन अतिक्रमण गरेकोले उनीहरूलाई दोषी ठहर गरी वन ऐन २०४९ तथा वन नियमावली २०५१ बमोजिम कारबाही गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    सोही प्रतिवेदनका आधारमा वन कार्यालयले संलग्न सबै व्यक्ती उपर मुद्दा दर्ता गरेको हो । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले वनको जग्गा अतिक्रमण गर्ने विरुद्ध मुद्दा दर्ता भएकोले अदालतमा उपस्थित नभए पक्राउ पुर्जी जारी गर्ने बताएका छन् । ‘उहाँहरूले अदालतमा उपस्थित हुन अटेर गर्न भयो भने अदालतबाट पक्राउ पुर्जी जारी हुन्छ’डिभिजन वन प्रमुख सिंहले भने ।

    सामुदायिक र राष्ट्रिय वनको ३० बिगाहा जग्गामा टासी छ्योलिङ्ग गुम्बाले २ बिगाहा, शिव मन्दिरले १४ कट्टा, नेपाल राष्ट्रिय उमाविले ७ बिगाहा,कृष्ण प्रणामी मन्दिरले २४ कट्टा, सरस्वती निमावि ले ३ बिगाहा, नेपाल राष्ट्रिय प्राविले साढे २ बिगाहा,लोकप्रिय प्रावि ले ५ बिगाहा,बौद्ध गुम्बाले ३ बिगाहामा केरा खेती गर्न ठेक्का दिएका छन् भने डेढ बिगाहामा सार्वजनिक पोखरी समेत रहेको छ ।

    वनको जग्गामा संघसंस्थाले वार्षिक लाखौँ रुपैयाँमा केरा खेती गर्न ठेक्का दिने र सो आम्दानी गुम्बा, मन्दिर र विद्यालयको नामबाट जथाभाबी खर्च गर्ने गरेको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । संरक्षण गर्नुपर्ने जिम्मेवारी पाएका समाजका अगुवाहरूले नै संस्थागत रूपमा वनको जग्गा अतिक्रमण गरेर आम्दानी हिनामिना गरेको वन कार्यालय बाराले जनाएको छ ।सो वनको जग्गाको चार किल्लामा पूर्वतर्फ सिंगोल जाने बाटो, पश्चिममा सरस्वती सामुदायिक वन, उत्तरतर्फ सिंगौल बस्ती, लोकप्रिय प्रावि तथा आबादी क्षेत्र रहेको छ भने दक्षिणतर्फ जनहित सामुदायिक वनको सिमाना र सुकेपोखरीको किनार रहेको छ ।

    वन दर्ता प्रमाणपत्रमा उल्लेख भएको सो चार किल्ला हाल कायमै रहेको छ । ‘सामुदायिक वनको दर्ता प्रमाणपत्रमा उल्लेख भएको चार किल्लालाई आधार मानी जिपिएस मेशिन प्रयोग गरी सर्भे रेखाङ्कन गर्दा १९ दशमलव ७८ हेक्टर क्षेत्रफल भएको केरा खेती गरेको र सो क्षेत्रभित्र रहेका ७ वटा घर टहरा समेत वनदेखि सामुदायिक वन क्षेत्रभित्र देखिएको र १.२२ हेक्टर अतिक्रमण भएको राष्ट्रिय वन क्षेत्र देखिएको छ’, प्रतिवेदनमा उल्लेख छ । वन कार्यालयले सो प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन विभाग पठाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑