• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मित्रता र प्रेमको सम्मिश्रण ‘ती सात दिन’

  • वीरगंज संजाल
  • २ माघ २०८०, मंगलवार १३:५३
  • ९८५

    वीरगंज । सानु शर्मा नेपाली साहित्य जगतकी सशक्त साहित्यकार हुन् । उनको हालसम्म आठ वटा पुस्तक प्रकाशन छन् । जसमध्ये ‘अर्धविराम’, ‘जितको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’, ‘उत्सर्ग’ र ‘फरक’ रहेका छन् भने एउटा कथासंग्रह ‘एकादेशमा’ पनि रहेको छ । जुन कथासंग्रह मदन पुरस्कार २०७६ को सर्वोत्कृष्ट सूचिमा परेको थियो ।शर्माले कविता, गजल, कथा लगायतका विधामा पनि कलम चलाउँदै आइरहेकी छिन् । लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आइरहेकी सानु शर्माको उपन्यासमा विदेशी तथा स्वदेशी परिवेशको चित्रण गरिएको पाइन्छ ।

    उनका उपन्यासभित्रका घटनाक्रमहरू पृथक् देखिन्छन् । सरलभाषामा सललल बग्ने, मिठा, मनछुने लाइनहरूले सिंगारिएको उनको लेखाइले पाठकलाई तानिरहन सक्छ ।‘ती सात दिन’ उनको पछिल्लो उपन्यास हो । यस उपन्यासमा उनले परिस्थितिवस सात दिनमा एउटा उच्च घरानाको सदस्य र मध्यवर्गीय परिवारको सदस्य बिच कसरी घनिष्ट सम्बन्ध स्थापित हुन्छ भनेर देखाएकी छिन् । उनीहरुबीचको घटना, दुर्घटना, संवाद, साथ र मित्रताको मिहिन व्याख्या गरिएको यस उपन्यासको कथाले पाठकहरूको मन छुन सक्षम छ ।बलात्कार जस्तो गह्रुंगो विषयलाई सरल भाषा र शब्दमा वर्णन गरिएको यस उपन्यासको भाषा आजकलको युवापुस्ताले प्रयोग गर्ने खालको छ । प्रचुर मात्रामा प्रयोग गरिएको अंग्रेजीका शब्दका कारण भाषिक विचलन जस्तो लागेपनि पढ्दै जाँदा कथाको माग अनुसार तिनलाई प्रयोग गरिएको जस्तो अनुभूति हुन्छ ।

    शर्माले यस उपन्यासमा उठाएको बलात्कारको सन्दर्भमा पीडितहरूलाई शारीरिक र कानुनी मद्दत मात्र नभएर आर्थिक, मानसिक, सामाजिक र भावनात्मक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ भनेर प्रस्ट्याउन खोजेकी छिन् ।
    मनमा लागेको चोटको उपचार मनले नै गर्छ । उपन्यासले भन्न खोजेको मूख्य कुरा त्यही नै हो । बलात्कार पीडितलाई सहानुभूति, साथ, सहयोग र स्वीकारको जति आवश्यकता छ त्यति सायद अरु कुनै कुराको छैन भनेर बोल्ने यस उपन्यासले स्वर चर्को नपारीकनै एउटा दरो मुद्दा उठाएको छ ।आज पनि हाम्रो समाजमा बलात्कारलाई यस्तो दाग मानिन्छ, जुन लागेपछि इज्जत जाने डरले शिक्षित समाजमा पनि यस बारेमा बोलिँदैन । चर्चा गरिँदैन । जसको चर्चा सानु यसरी गर्छिन्–

    ‘यो शरीरको भन्दा पनि मानसिक र सामाजिक सवाल हो । यसमा चोट एक जनालाई लागे पनि सिङ्गो परिवारले दुख्नुपर्छ । एक जना नाङ्गिएको हुन्छ तर सिङ्गो परिवारको इज्जत उदाङ्गिन्छ । त्यसैले त सास रोकेर चुप बस्दाबस्दै बरु मेन्टल हुन्छन् तर मुख खोल्दैनन् रेप–भिक्टिमहरु ।‘रेप– भिक्टिमहरुलाई जस्टिसभन्दा पनि धेरै अवेरनेस, सोसल र मोरल सपोर्ट। साथ, सहानुभूति र स्वीकार चाहिन्छ– यो मैले निक्की र आदिका कारणले बुझेकी हुँ । आफ्नै आँखा अगाडि त्यसरी छिन्नभिन्न भएर रगताम्य भएकी मलाई उनीहरूले अंगालोमा समेट्नुको साटो तिरस्कार र उपेक्षाले हेरेका भए, मलाई छुन घिण मानेका भए सायद कुनै जस्टिस वा अरु कुनै उपचारले ठिक हुने थिइन होला म । त्यतिबेला उनीहरूले मलाई छातीमा टाँसेर, मेरो दुखाइमा मसँगै दुखेर, मसँगै रोएर त्यो घट्नाको प्रभावलाई कम नगराइदिएको भए सायद म आजको म हुने नै थिइनँ ।’

    दुरी बढ्दैमा मित्रता घट्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् यस उपन्यासका पात्रहरू जानकी, निक्की र आदित्य । यस उपन्यासका मूख्य पात्र हुन् जानकी, निक्की र आदित्य ।बलात्कार, मित्रता र प्रेमको बारेमा बोल्ने, विदेशको माटोमा आफ्ना सन्तानलाई आफ्नो देशको मान्यता र संस्कार सिकाउन संर्घष गरिरहेकी एउटी आमाको कथा भन्ने यो उपन्यासले पक्कै पनि पाठकलाई मनोरञ्जन दिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑