सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ११ मा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ कोरियाही टोल बस्ने अन्दाजी ३३ वर्षिय राजनारायण महतो रहेका छन ।
हिजो साँझ साढे ७ बजे ज २ प १७२५ नम्बरको मोटरसाइकल बयलवास बाट बजरगंज जादै गरेको र प्रदेश ०१ –०२६ च ०७५९ को पिकअप भ्यान बिपरित दिशा बबरगंजको बाटो हुदै बयलबासतर्फ जादै गरेको समयमा पिकअ भ्यानले मोटरसाइकल चालक महतोलाई ठक्कर दिएको थियो । ठक्कर पश्चात मृत्क महतो गम्भीर घाइते भएको थियो । मृतक महतोको पौने ८ बजे प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृत्कको शव पोष्टमार्टमका लागि अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने ठक्कर दिने पिक्अप भ्यान र पिकअपका चालक ईलाका प्रहरी कार्यालय केशरगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।