• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला

  • वीरगंज संजाल
  • २ माघ २०८०, मंगलवार १२:५४
  • ९६१

    वीरगंज। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो ।मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी दिए । “म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ”, उनले भन्ने, “धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएका छौँ ।”

    धर्मशाला भएपछि महँगो खर्च गरेर होटलमा बास बस्नुपर्ने भक्तजनको समस्या कम हुने महन्थ हिमालय बाबाले बताए । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाएको छ ।
    महन्थ हिमालय बाबाका अनुसार इन्दिरा आचार्य, भेषबहादुर रावल, अनुप शर्मा, लालबहादुर न्यौपाने र रेणु थापाले एक–एकवटा कोठा बनाएको छ । भुइँ तलाको सभाहलसहित धर्मशालामा एक दिनमा ५० जनाभन्दा बढी भक्तजन बास बस्न सक्ने क्षमता रहेको छ ।
    धर्मशाला र श्रीलक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा यस वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल निर्माण सुरु भएको छ । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गर्न लागिएको हो ।

    ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।नजिकै दुई सय वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, श्रीलक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑