वीरगञ्ज । राष्ट्रिय सहकारी महासङ्घ नेपालको सञ्चालक समिति सदस्यमा मधेस प्रदेशबाट निर्विरोध निर्वाचित भएका शम्भु प्रसाद गुप्तालाई सम्मानित गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साले सोमबार एक कार्यक्रमका बिच गुप्तालाई सम्मानित गरेको हो
मधेस प्रदेशबाट राष्ट्रिय सहकारी महासङ्घ नेपालको सञ्चालक समिति सदस्य जस्तो पदमा निर्विरोध निर्वाचित भएकोमा गुप्तालाई बधाई दिनुका साथै सम्मानित गर्न कार्यक्रम आयोजना गरिएको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड पर्साका अध्यक्ष राजेश पण्डितले बताए ।
सहकारी अभियन्तासमेत रहेका गुप्ताले महासङ्घको सञ्चालक समिति सदस्यका रूपमा पर्सा जिल्ला र समग्रमा मधेस प्रदेशका सहकारीहरूले भोग्दै आइरहेको समस्याहरू उठान गर्ने आफूहरूले विश्वास लिएको पण्डितले बताए ।
पण्डितकै सभापतित्वमा भएको कार्यक्रममा बचत सङ्घका कोषाध्यक्ष नगनारायण सिंह, अरुण कुमार साह, विजय कुमार गुप्ता, कुन्दन पाल, लेखा समिति संयोजक राजेन्द्र प्रसाद कलवार, हृदयनारायण साह, प्रेमचन्द्र चौरसिया, जंग्बहादुर पटेल लगायतको उपस्थिति रहेको थियो ।