बारा । बाराको करैयामाई गाउँपालिकाले माघ २ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव द्वारा जारी सूचनामा माघी संक्रान्ती धुमधाम तथा हर्षोउल्लासका साथ पूर्व देखि नै मनाउदै आएको हुँदा कार्यपालिकाको पुस १९ गतेको निर्णय अनुसार माघ ०२ गते सार्वजनिक बिदा दिएको उल्लेख छ ।
सार्वजनिक बिदामा कार्यपालिकाको कार्यालय साथै मातहतका सबै वडा समितिको कार्यालयहरु, शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ ।